२८ , अप्रिल २०१५ l
नेपालमा बढ्दै गईरहेको महा भूकम्प पिडित राहातको लागी वुमन फर वुमन कोरियाद्वारा पनि भूकम्प पिडितका लागि राहत संकलन अभियान संचालन गरेको छ l
महा भूकम्प पिडित राहातको लागी वुमन फर वुमन कोरियाको अपिल
२०७२ बैशाख १२ गते सनिबार नेपालको बिभिन्न स्थानलाई केन्द्र बिन्दु बनाएर गएको विनाशकारी महाभूकम्पले ३८०० भन्दा बढीको निधन,करिब ७००० जना घाइते ,अरबौं रुपयाँको भौतिक सम्पत्ति नष्ट भइ हजारौं घर परिवार विस्थापित भएको यो संकटकालिन अबस्थामा सम्पूर्ण भूकम्प पीडित परिवारजनप्रति वुमन फर वुमन दक्षिण कोरियाले धैर्य धारण गर्ने शक्ति मिलोश भन्ने कामना गर्दछसाथै घाइते भएका महानुभाबहरुमा शिघ्र स्वास्थ्य लाभ र मृतक आत्मा प्रति चीर शान्तिको कामना गर्दै गहिरो दुख ब्यक्त गर्दछ ।
महाभूकम्पले पुराएको अतुलनीय मानबिय र भौतिक क्षतिप्रति हामी अति दुखित भएका छौं । यस किसिमको राष्ट्रिय बिपत्तिमा सहयोग , उद्दार र राहत पुराउने हामी देश बिदेशमा रहेका नेपालीहरुको कर्तब्य हो ।
अहिले सम्म अझै उद्दार कार्य जारी रहेकोले मानबिय र भौतिक क्षति अझै बढ्दैछ । नेपाल सरकार र अन्तरास्ट्रिय समुदायले समेत उद्दार गर्दै सहयोग गर्न आव्हान गरिरहेको अबस्थामा प्रबाशी भुमि कोरियामा कार्यरत सबै नेपालीहरुले सक्दो सहयोग गरिदिनु हुन वुमन फर वुमन दक्षिण कोरियाले अपिल गर्दै राहत संकलन अभियानको सुरुवात गरेको छ ।
सहयोगको लागि
आई .बि .के बैंक खाता ०२१०९९२१३०१०१८ ( women) सम्पर्कको लागि :- लक्ष्मी लामा (संरक्षक)- ०१०२०७८६६४९ ,मल्लिका थकाली :- ०१०९९१३१९४६ अध्यक्ष ,( वुमन फर वुमन कोरिया)
No comments:
Post a Comment