नमस्ते नेपाल कोरिया सम्बादाता
२७ अप्रिल ,२०१५
कोरियाको उम्सङ्ग नेपाली सहयोग समितिले नेपालको भूकम्प पिडितलाई लक्षित गर्दै एक अपिल जारी गरेको छ l
कोरियाको उम्सङ्ग नेपाली सहयोग समितिको अपिल
हिजो बैशाख १२गते दिउँसो ११:५७ बजे नेपालमा गएको महाभुकम्पको निर्मम विनाशको खबर सुनेपछि दु:खीभएका प्रवासी नेपालीका विभिन्न सामाजिक संघ संस्थाहरू भूकम्प महाविपत्तिमा परेकाहरूको राहत सहयोगका लागि आर्थिक संकलन अभियानमा जुटिसकेका छन्। कोरियाको उम्सड• मा कार्यरत नेपालीहरूको साझा संस्था उम्सड• नेपाली सहयोग समिति, कोरियाको आकस्मिक बैठक संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता बसी राहत स्वरूप आर्थिक सहयोग संकलन गर्ने निर्णय भएको जानकारी सो संस्थाका सचिव हरी भट्टराईले दिएका छन्।मुगुकस्थित WORLD MARKET मा सम्पन्न बैठकद्वारा पारित विशेष प्रस्तावमा महाभुकम्पले राजधानी लगायत देशका अन्य भागमा घर, भवन, ऐतिहासिक दरवार भत्किदा जनधनको ठूलो क्षति भएको दु:खान्त क्षणमा आम नेपाली झैं गहिरो पीडावोध गर्दै दिवंगत हुनुहुने सबैमा श्रद्धांजली र घाइतेहरूको शीघ्र स्वास्थ्यको कामना एवं आफ्नो ज्यानको समेत कुनै परवाह नगरी कठिन उद्धार कार्यमा जुटिरहेका सबैमा एकमुष्ठ रूपमा धन्यवाद ज्ञापन गरेको छ। आउँदो मई ३ मा हुने संस्थाको दोस्रो साधारण सभामा उपस्थित हुन संस्थाका सम्पूर्ण सदस्यहरूमा हार्दिक अपील गर्ने निर्णयसँगै बैठक समापन भएको थियो।
No comments:
Post a Comment