नमस्ते नेपाल कोरिया संवाददाता
दुवै मृगौला निष्कृय भएर उपचारका लागि सहयोगको अपिल गरेकी झापा शिवगञ्जकी मनिषा लम्साललाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन्।
झापा मिलन समाज कोरियाको पहलमा ८८ हजार रुपैयाँ मनिसा लम्साललाई सहयोग गरिएको हो । उक्त रकम झापा मिलन समाजका नेपाल प्रतिनिधि शिबगञ्ज ८ का डिल्ली पौडेलले स्थानीय समाज सेबि तुङ्गगनाथ चापागाई, रविन पौडेल, कुमार मैनाली र कविन्द्र ओलीको उपस्थितिमा गत साता मनिसालाई हस्तान्तरण गरेका हुन ।
झापा मिलन समाजकोरियाका सदस्य रोहित गुरुङ्गको संयोजक्त्वमा गठित कमिटिले उक्त रकम सङ्कलन गरेको समाजका अध्क्षय मीन प्रकाश उप्रेतीले बताए ।
मनिषाले रकम बुझ्दै पुनर्जन्मका लागि हौसला मिलेको बताईन्।
मनिषाको दुवै मृगौला निष्कृय बनेपछि उनका परिवारले सार्वजनिक रूपमा सहयोगको अपिल गरेका थिए।
हाल उनको बिराटनगरको मोरङ सहकारी अस्पतालमा नियमित डायलोसीस गरीरहेकी मनिषाको उपचारका लागि १२ लाख रुपैयाँ लाग्ने बताइएको छ

No comments:
Post a Comment