-झक थापा, मगर ,दक्षिण कोरिया
पञ्चायतकालिन राजनीतिक वृतमा एक रसियन पत्रकारको चर्चा खुबै चल्ने गर्थ्यो। त्यति खेर सोभियत संघमा जोसेफ स्टालिनको शासन थियो। एक दिन ती पत्रकार हस्याङ्फस्याङ् गर्दै नाम चलेको एक अस्पतालमा पुगेछन् र ड्युटिमा रहेकी एक नर्सलाई भनेछन्- म आँखा कानको डाक्टर भेट्न चहान्छु। मलाई समय मिलाईदिनुहोस्। नर्सले आश्चर्य मान्दै भनिन्-आँखा कानको डाक्टर? आँखा कानको डाक्टर हुंदैन। पत्रकारले जिद्धी गर्न थाले-तपाई ठट्टा नगर्नुहोस्। मलाई कत्ति पनि ढिला नगरी आँखा कानको डाक्टरलाई भेट्नु छ। नर्सले पत्रकारलाई सम्झाईन” हेर्नुहोस तपाई यंहा मात्र होईन शहरको कुनै पनि अस्पतालमा जानुहोस् आँखा कानको एउटै डाक्टर कहि पनि पाउनुहुन्न् कि आँखाको डाक्टर पाउनुहुन्छ कि नाक, कान, घांटी(इएनटी)को डाक्टर पाउनुहुन्छ। के म दुई जना डाक्टरको समय मिलाई दिंउ? पत्रकारले ठाडै ईन्कार गरे। नर्सले नरम भएर जिज्ञांसा राखिन- तपाईको खास समस्या के हो? भन्नुहोस् त तपाई किन आँखा कानको एउटै डाक्टर चाहानुहुन्छ? पत्रकारले आफ्नो देशको नेताहरुबाट सुनिराखेको भाषण र देशमा देखिरहेको यथार्थतालाई विस्तारपूर्वक पोख्दै भने- म नेताहरुले भनेको जे कुरा कानले सुन्छु त्यो आँखाले देख्दिन। आँखाले जे सामुन्ने देखिरहेको छु उनिहरुको मुखबाट त्यो सुन्दिन। मेरो कान र आँखाको समस्या के हो? म उपचार चहान्छु। बास्तवमा नेपालका नेताहरुको अदुरदर्शीता र अहमताले गर्दा माघ ८ गते लोकतान्त्रिक समावेशी संविधान जारी हुने संभावना त छैन नै तर यति खेर हामी नेपालीहरु रसियन पत्रकारको समस्या नेपालमा(प्रवासमा रहेका नेपालीहरुले पनि) भोगिरहेका छौं। कानले सुनेको कुरा आँखाले खोज्दा नभेटिने र आँखाले टड्कारै देखेको कुरा कानले सुन्नै नपाउने।
No comments:
Post a Comment