Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, November 6, 2014

कोरियाबाट फर्केका कामदारलाई नै पुन प्राथमिकता

मोहन गुरुङ ,काठमाडांै, १९ कार्तिक 
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत ३ वर्षभन्दा बढी काम गरेर फर्केका नेपाली कामदारलाई दक्षिण कोरियाले पुनः प्राथमिकता दिन थालेको छ । अवैध नेपाली कामदार रोक्ने औजारका रूपमा कोरियाले पुराना कामदारलाई प्राथमिकता दिएको हो ।

३ वर्षभन्दा बढी काम गरी  कोरियाबाट फर्केका नेपाली कामदारले पुनः कोरिया जान वर्षमा ४ पटकसम्म  कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) दिने गरेको ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले जानकारी दिए । “अनुपातका आधारमा पहिलोपटक कोरिया जान लिइने परीक्षाभन्दा सीबीटी परीक्षामा बढी युवा उत्तीर्ण हुन्छन्,” उनले भने, “सीबीटीमा उत्तीर्ण हुने ९५ प्रतिशतभन्दा बढी कोरिया  जान पाउँछन् ।” पहिलोपटक जान लिइने भाषा परीक्षा उत्तीर्णमध्ये ७०÷७५ प्रतिशतसम्म कामदार कोरिया जाने गरेका छन् ।
सीबीटी परीक्षा सुरु भएपछि कामदार पुनः कोरिया जान पाउने भएकाले अवैध ढंगबाट बस्ने नेपाली कामदार पनि घट्दै गएको शाखाले जनाएको छ । “भदौमा भएको सीबीटीमा ६ सय ४ युवा सहभागी भएकोमा ४ सय ३४ जनाले उत्तीर्ण गरेका थिए,” प्रमुख बाँस्तोलाले भने, “अब पुसमै सीबीटी परीक्षा गर्न सूचना प्रकाशित गरिएको छ ।”
सीबीटी परीक्षा वर्षमै ४ पटक हुन थालेपछि कोरियाबाट फर्केका कामदार पनि उत्साहित रहेको शाखाले जनाएको छ । “पहिलोपटक जाने कामदार एकपटक फेल भए १ वर्षभन्दा बढी समय कुनुपर्छ,” बाँस्तोललो भने, “तर, फर्केका कामदार फेल भए पटकपटक दिन पाइन्छ । एकपटक फेल भए अर्काेपटक नतिजा सफल हुने सम्भावना बढी  हुन्छ ।” कोरिया पुनः जान पाइने भएकाले कामदार पनि करार अवधि सकेपछि समयमै फर्कन थालेका छन् ।
पुरानै रोजगारदाताले सीबीटी परीक्षाबाट उत्तीर्ण हुने कामदारलाई सजिलै लैजान सक्ने व्यवस्था छ । “सीबीटीबाट यो कामदार लैजान्छु भनेर छनोट गर्न पाउँछन्,” बाँस्तोलाले भने, “तर, पहिलोपटक जाने कामदारले यो सुविधा पाउँदैन । त्यसमा  कोरिया मानव संशाधन विकास (एचआरडी)ले सिफारिस गरेका कामदारमात्र रोजगारदाताले छनोट गर्न पाउँछन् ।” एचआरडीले रोस्टरबाट ¥यान्डम्ली छनोट गरेर माग गरेको ३ गुणा नाम रोजगारदातासमक्ष सिफारिस गर्छ ।
फर्केका कामदारले कामको अनुभव, भाषा–संस्कृति र वातावरणसँग घुलमिल हुने भएकाले रोजगारदातासमेत रोजाइमा पर्ने गर्छन् । “पुराना कामदारलाई कामसम्बन्धी तालिम दिइरहनुपर्दैन,” प्रमुख बाँस्तोलाले भने । न्यून लागतमा अधिक पारिश्रमिक पाउने भएकाले नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मुलुक कोरिया बनेको छ । कामदारले मासिक १ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गर्छन् ।
सीबीटी परीक्षामा उत्तीर्ण हुने औद्योगिक, कृषि, निर्माण, पशुपालन÷मत्स्यपालन र सेवामूलक क्षेत्रमा जान पाउँछन् । पहिलोपटक जाने कामदार कृषि र औद्योगिक क्षेत्रमा मात्र जान पाउँछन् । कामको दायरा फराकिलो भएकाले कोरिया जाने सम्भावना बढी हुने शाखाले जनाएको छ ।

No comments:

Post a Comment