कृष्ण पुरी, नमस्ते नेपाल कोरिया संवाददाता ,कोरिया l
दक्षिण कोरियामा अक्टोबर ५ आइतबार को बिदाको अवसर पारेर विभिन्न स्थानमा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरु र केहि कोरीयन सगै हर्सो उल्लासको साथ दशैं मनाएका छन् l
आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व झल्काएका छन् l
यसै क्रममा कोरियाको फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रमा पनि भब्यरुपमा दशैँ मनाइएको छ l नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको थियो l
कार्यक्रममा भर्खरै सम्पन्न एसियाली खेल्कुद तेक्वान्दोमा पाँचौं स्थान हासिल गर्नु भएका खेलाडी परशु राम बास्तोला लाई पनि सम्मान गरिएको थियो साथै उक्त केन्द्रको पहलमा कोरियामा उपचारार्थ रहेका सेरफ गुरुङ र नेपालमा दुबै मृगौला पीडित मनिसा लम्सालका लागि पनि सहयोग रकम संकलन गरिएको थियो l
उक्त केन्द्रका अध्यक्ष बिजुबिक्रम थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा एन.आर.एन प्यासिफिक संयोजक गंगाराज राइ, एन. आर. एन. आइ सी सी प्रतिनिधि के. पी. सिटौला,एन.सी.सी सभापति लोचन राइ ,झापा मिलन समाजका अध्यक्ष तथा पत्रकार मिन प्रकाश उप्रेती, पत्रकार सन्तोष श्रेष्ठ ,भक्त थापा लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो lकार्यक्रम केन्द्रका सचिब नारायण पाठकले संचालन् गर्नुभएको थियो l विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा नेपाली समुदायको बाक्लो उपस्थितिमा कार्यक्रम उत्साहजनकरुपमा समापन भएको थियो l

No comments:
Post a Comment