Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, October 3, 2014

भक्तपुर समाज ,दक्षिण कोरियाले दशैं कार्यक्रम गर्ने l

रमेश खावाजु ,दक्षिण कोरिया l 
कोरियामा नेपालीहरुको महान चाड दशैंको अवसरमा २०१३ अक्टोबर ५  तारिक आइतबारका दिन भक्तपुर समाज ,दक्षिण कोरियाले नेपाली संस्कृतिको संरक्षण गर्ने उदेश्यले "दशैं कार्यक्रम " गर्ने भएको छ l

दक्षिण कोरियाको बुछनको  sang dong  स्टेसन नजिकैको अन्नपुर्ण रेष्टुरेन्ट मा   बिहान १२  बजे देखि शुरु हुने दशैं कार्यक्रममा मिठो नेपाली खानाको साथमा नेपाली परम्परागत तरिकाले मान्यजनबाट  निधारमा रातो टिका अनि जमराको साथमा मनाउने जानकारी सो संस्थाका सह कोषध्यक्ष  तथा कार्यक्रम संयोजक हरि लामिछानेले बताए l सह कोषध्यक्ष  हरि लामिछानेले  कार्यक्रममा सहभागी भइ दिनुहुन भक्तपुरका साथीहरु तथा कोरियाबासी नेपालीहरुमा अनुरोध गर्नुभएको छ l
नेपालबाट विभिन्न कार्यको शिलशिलामा दक्षिण कोरिया प्रवेश गरेका भक्तपुर जिल्लाका साथीहरुलाइ एक सुत्रमा बाँधी भैपरी आउने समस्याहरुलाइ निराकरण गर्ने , आफ्नो जिल्लामा पर्यटकहरुको बृदि गराउन ऐतिहासिक ,धार्मिक स्थलहरुको प्रचार प्रसार ,तथा शिक्षा ,स्वास्थ्यमा केहि सहयोग गर्ने उदेश्यले स्थापित  भक्तपुर समाज ,दक्षिण कोरियाको स्थापना गरिएको हो l १ बर्ष अघि स्थापित भक्तपुर् समाज कोरियाले दशैं कार्यक्रम ,गरिब बिरामी तिम्ल्याहा बच्चाहरुलाइ आर्थिक सहयोग तथा अन्य विभिन्न कार्यक्रमहरु गरिसकेका छन् l आउदा दिनहरुमा संस्थालाइ मजबुत बनाइ  नेपालका गरिब बालबालिकाहरुको शिक्षाको लागि तथा अन्य विभिन्न कार्यक्रमहरु गर्ने संस्था सचिब संजन जोन्छेलले बताए l

दशैं कार्यक्रमको जानकारी 
मिति : आइतबार ५  अक्टोबर २०१४
आयोजक : भक्तपुर समाज , दक्षिण कोरिया l
स्थान : अन्नपुर्ण रेष्टुरेन्ट ,बुछन  ,कोरिया l
[ जाने तरिका ; लाइन नं  ७  ,sang dong  स्टेसन  , गेट नं ६ , १०  मिटर अगाडी ]
[  लाइन १ बाट आउदा  onsu  योकबाट  लाइन नं ७ मा change   गरेर sang  dong  स्टेसन गेट नं ६ मा झर्ने ]

शुल्क : १५,००० वन (A/C No 620213564409 KEB JONCHHE  SANJAN मा नगद जम्मा गरि मोबाइल ०१० ५९२४ २८३९ फोन गरि नाम टिपाउनु होला )

सम्पर्क व्यक्तिहरु 
रमेश खावाजु - ०१० ५९२४ ५५७१
दिनेश राज गिरि -०१० ४११२ ७२६२
संजन जोंछें - ०१० ५९२४ २८३९
कृष्ण मुस्यान : ०१०  ६४८७  ७६२७
राजेन्द्र कबु : ०१०  ८६९५  ३३३५
राजमान प्रजापति : ०१०  ७२६३  ०७२७
लक्ष्मण राउत : ०१०  २२९७  ९१०६
रमेश गिरी : ०१०  ३१४५  २४२०
हरि लामिछाने ०१० २१४३ ९३४३
बलराम राना : ०१०  ५९४९ ४३४७ 

No comments:

Post a Comment