Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 11, 2014

कोरियामा आर्थिक लगानी तथा सूचना प्रबिधिको सेमिनार गुन्सानमा हुँदैl

उमेश शेरालुंग- गुन्सान, कोरिया l
बिगत लामो समयदेखि कोरियामा रोजगारी, अध्यन तथा विभिन्न पेसामा आबद्ध रहदै आएका नेपालीहरू प्रती लक्षित गर्दै कोरियाको गुन्सान शहरमा एक आर्थिक लगानी तथा सूचना प्रबिधि सम्बन्धि बृहत् अन्तरक्रिया कार्यक्रम हुने भएको छl

स्वरोजगारका लागि लगानी स्वदेशमै आत्मनिर्भर बन्ने तयारी को मूल मर्म अन्तर्गत बित्तीय ज्ञानको विषयमा व्यापक छलफल र जानकारी, ई-लर्निंगलाईको माध्यमबाट साथीहरुलाई शसक्तिकरण गर्ने उदेश्यका साथ उक्त कार्यक्रम तयार गरिएको बताईएको छ l

आयोजक: सोनसिक, ब्यबस्थापक: भिउ अफ नेपालीज ग्रुप अन्या सहयोगी संस्थाहरु ई.पी.एस.युथ नेपाल, हाम्रो जीवन हाम्रो, एन. आर. एन. कोरियाको संयुक्त प्रयासमा हुन गईरहेको उक्त बृहत अन्तर्क्रिया कार्यक्रममा कोरियामा रहदा रहदै नेपालमा के कस्ता लगानी गर्न सकिन्छ र लगानीका क्षेत्रहरुको खोजि तथा निर्धारण, आर्थिक भबिष्य सुनिस्चित गर्न योजना तर्जुमा गरी अभियान संचालन गर्ने,यहाको ज्ञान, सीप, पुँजी, प्रबिधि र सम्भावित व्यवसायलाई नेपालमा कसरि र कहाँ स्थापित हुने भन्ने बिसयमा सहकार्य र समन्वय गर्ने सम्बन्धी बिषयहरु रहेका छन् l

उक्त कार्यक्रममा नेपालीहरुको विभिन्न समस्याको समाधान, आर्थिक पुँजीको अर्थपूर्ण लगानी, वित्तीय ज्ञान सम्बन्धि परामर्स, Nepal E-learning (डिजिटल शिक्षा), कृषिमा लगानीको सम्भावना, स्वदेशमा आत्मनिर्भर हुने तयारी साथै अन्य आवश्यक विषयहरु पनि समेटिने हुनाले सम्पुर्ण कोरियामा रहेका नेपालीहरु उपस्थित भई लाभ लिनुहुन आयोजकले अनुरोध गरेका छन l

कार्यक्रम तालिका :
मिति २०१४ अक्टोबर १९, आइतबार
समय : दिनको १२ बजे देखि ४ बजेसम्म l
स्थान:  592-13 Osikdo- Gunsan, (Osikdo - Foreign Migrant Center )
सम्पर्क:
राज संसार श्रेष्ठ-01073150561
बिमल सुबेदी-01084082135
दिपक खड्का- 01072198112
उमेश राई-01059502875
सालिक न्यौपाने-01072637866
निरन्जन कोइराला- 01027324102
EPS छिन्गु(अरुण)-01068532952
बिनोद सुबेदी-01021820590

No comments:

Post a Comment