Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 11, 2014

नेपालको चर्चित ब्याण्ड १९७४ एडी (एड्रिन प्रधान )को बेजोड प्रस्तुती हुदै

कृष्ण पुरी - सउल,दक्षिण कोरिया l
 -ख्यङनाम  माईग्रेण्ट सेन्टर द्वारा आयोजना गरिएको  अक्टोवर १० देखी १२ सम्म संचालन हुन गैरहेको एमएएमएफ(MAMF) आरीराङ फेस्टीवलमा भाग लिन नेपालको चर्चित सांगीतिक ब्याण्ड १९७४ एडी कोरिया आइपुगेको छ |ब्याण्डका  कलाकारलाई बिहान ९ बजे आयोजक समितिले  स्वागत गरेका थिए |

भोलि आइतबार  १२ तारीक देखि सन्चालन हुनगईरहेको दशैं कार्यक्रम, माइग्रेंट फेस्टिवलमा लाईभ कन्सर्ट तथा बिबिध प्रस्तुति झल्काउन  कोरिया आएको  हो |
यस बिषयमा किम्हे माईग्रेट हाउसमा जानकारी गराईएको थियो साथै भेषभुषा तथा कला प्रदर्शनीमा प्रथम हुँनेलाई पचास लाख कोरियन वन पुरस्कारको ब्यबस्था गरिएको छ । भने नेपालीको प्रतिनिधित्व किम्हे माईग्रेट हाउसका संयोजक यज्ञराज सुबेदीले गर्नु हुने भएको छ l

 आयोजकका अनुसार ब्यान्डको प्रस्तुतिसंगै यसपालिको दशैँ कार्यक्रम पनि मनाइने छ |दशैंका लागि  दशैं घरको स्थापना गरीने साथै दशैंलाई झल्काउने सम्पुर्ण गतिविधीहरू गरीने जनाइएको छ । नेपालको पहिचान दिदै, नेपालका चिनारीहरू जस्तो झण्डा,पोशाक,अन्य भेष(भुषा पहीरन,बाजा( गाजा, गहरगहना आदिको प्रयोग, प्रदर्शन गर्नुका साथै नेपाली खानाको परीकार पनि खाने ब्यबस्था गरीएको छ । कार्यक्रममा चर्चित दर्जनौं गितहरू गाएर नेपालीहरूको मन जित्न सफल नेपालको चर्चित ब्याण्ड  १९७४  एडी (एड्रिन प्रधान )को बेजोड प्रस्तुतीले भरपुर्ण मनोरन्जन  दिने आयोजकले जनाएको छ l
आरिराङ २०१३ मा नेपालबाट ख्याती प्राप्त गायक धिरज राई आउँनुभएको थियो भने प्रबासी आरिराङ संगीतमा फिलीपिन्स प्रथम भएर पचास लाख,साँस्कृतिक परेडमा कम्बोडिया प्रथम भएर तीस लाख,भियतनाम दोस्रो भएर बीस लाख,फिलीपिन्स तेस्रो भएर दश लाख कोरियन वन हात पारेको थियो साथै अन्य सहभागी मुलुकले सान्त्वना पुरस्कार बापत पाँच,पाँच लाख कोरियन वन प्राप्त गरेका थिए ।आरीराङ फेस्टिवलमा केही हेरफेर भएको कारणले, सधैं किम्हेमा गरीने दशैं कार्यक्रमलाई  मध्यनजर गर्दै, लाईभ कन्सर्टका साथमा गरीने साथै  कार्यक्रममा लाईभ कन्सर्ट र खानाका लागि २० हजार वन शुल्क लाग्ने आयोजक ले जनाएको छ ।

No comments:

Post a Comment