Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, October 18, 2014

मगर संघको आयोजनामा तिहार धमाका "देउसी भैलो तथा रोधी कार्यक्रम"हुने

-झक थापा, मगर

 भर्खरै मात्र ऐतिहासिक कार्यक्रम “नेपथ्य लाइभ कन्सर्ट इन कोरिया, साथमा लिटिल डान्स क्वीन तेरिया” भब्यताका साथ सफल पारेको नेपाल मगर संघ गणतन्त्र कोरियाले वि.स. २०७१ सालको दिपावलीको अवसरमा नेपालीहरूको मुटु बजार भनेर चिनिने दोङदेमुनमा अक्टोबर २५ तारिक साँझ “रमाइलो देउसी भैलो तथा रोधी बस्ने कार्यक्रम” गर्ने भएको छ। नाफा मुखी भन्दा पनि रमाइलो मुखी सो कार्यक्रममा गाउँ बेसी रोधी घर बिर्साइने खालको रमाइलो गरिने संघकी सदस्य सुशीला थापा मगरले जानकारी दिएकी छिन्।आधुनिक पाश्चात्य संगीतमा ढल्किरहेको युवा पुस्तालाई मौलिक संस्कृतिको चिनारी तथा झल्को दिने हेतुले यस्तो खालको कार्यक्रम आयोजना गरिएको कलाकार तथा सक्रिय सदस्य कुन्ज मणि थापा मगरले बताएका छन्। १४ अञ्चल ७५ जिल्ला बाट कोरियामा रोजगारको सिलसिलामा भेला भए पनि भूगोल अनुसारको भाषा,संस्कृति र परम्परा फरक हुने हुदा पूर्व,पश्चिम,उत्तर,दक्षिणका सम्पूर्ण पारखीहरुलाई एउटै थलोमा रमाउनको लागि कोरिया मै पहिलो चोटी मौलिक रोधी बस्ने कार्यक्रम आयोजना गरिएको र कार्यक्रमले साच्चिकै लोप हुन लागिसकेको संस्कृतिलाई टेवा पुग्ने संघका बरिष्ठ उपाध्यक्ष खड्ग थापा मगरले बिश्वास गरेका छन्। बिशेष गरी गण्डकी,धौलागिरी,लुम्बिनी अञ्चल तिर मगर तथा गुरुङ समुदायमा प्रचलित रोधी बस्ने कार्यक्रमलाई स्मरण गराउने हेतुले आयोजना गर्न लागेकोले कार्यक्रममा आउनुहुने महानुभावहरुले आफ्नो मौलिक पहिचान झल्किने पोशाक सहित उपस्थित भइदिनु हुन संघको तर्फबाट अध्यक्ष पुरन राना मगरले हार्दिक अनुरोध गर्नुभएको छ।
 मिति-२५ अक्टोबर राती ९ बजे देखि
 स्थान-निरमाया रेष्टुरेन्ट(नयाँ) दोङ्देमुन
 लाइन नं.१ दोङम्यो आफ स्टेसन गेट नं.८ देखि ५० मिटर अगाडि/दोङदेमुन ३ नं.देखि ३०० मिटर अगाडि
 सम्पर्क नम्बरहरु
 होबीर थापा मगर-०१०-९१३८८२२५ पुरन राना मगर-०१०-२७४८५५९५ खड्ग थापा मगर-०१०-२१५८२३९८सी.पी. मगर-०१०-५८३८४३५८सुशीला थापा मगर-०१०-२१८१०५६४
पुनश्च: कार्यक्रममा उपस्थित हुन चाहानुहुने महानुभावहरुले २४ October(शुक्रवार) सम्म माथि उल्लेखित नाम र फोन न. मा सम्पर्क राख्नुहोला र मगरहरु अनिवार्य रुपमा आफ्नो मौलिक पोशाकमा आइदिनुहोला ।

No comments:

Post a Comment