अर्जुन बराल | सउल दक्षिण कोरिया
संघर्षशील जीबन एउटा यात्रा हो यात्री भएर हिड्नु पर्छ थाक्न हुन्न, पाक्न हुन्न, भिर देखि आत्तिन हुन्न, ओरालोमा मात्तिन हुन्न अनी मात्र जीबनसफल हुन्छ भनेझै जीबनका उकाली ओरालीमा संघर्ष गदै बिश्वमान चित्रमा सफल अर्थतन्त्रका रुपमा परिचित्र राष्ट्र दक्षिण कोरियाको स्थानीय सरकारको राज्य सल्लाहाकारमा नियुक्त हुँनुसफल कोरियन मिडियाहरुमा ठुलो दाजु तथा प्रबासीहरुको अधिकारका प्रबक्ताको रुपमा चिनिने ताप्लेजुङ्ग जिल्लाको साँघु गाबिसमा बि.सं.२०२९ साल भाद्र १६ गतेका दिन पिता छत्रपति सुबेदी र माता हिमादेबीका जेष्ठ सुपुत्रका रुपमा जन्मिनुभएका यज्ञराज सुबेदी दक्षिणकोरियामा रहेका अनुमानीत छब्बीसहजार नेपालीको बीचमा परिचित नाम हो ।
सरस्वती बहुमुखी क्याम्पस ठमेलबाट स्नातकतह सम्मको अध्ययन गरी सन् १९९६ अक्टोबर १० मा औधोगिक परिक्षार्थीका नाममा एजेन्सीमार्फत दक्षिण कोरियामा पहिलो पाईला राख्नुभएका सुबेदी नयाँ आत्मिक सोच र यो सोचलाई ब्यबहारमा कसरी ल्याउँने भन्ने बिषयमा थेओलोजी र मानवशास्त्रको बिषयमा उच्च शिक्षा समेत लिनुभएको छ ।
जस्तोसुकै कठिन घडीमा पनि मुस्कुराउँन सक्ने यज्ञराज सुबेदीका कोरियाका शुरुका दिन अति कष्टपूर्ण तरिकाले बितेका ती पल रिलसरी अझपनि मानसपटलमा घुँमिरहेका छन् । प्रबासमा नेपालीहरुले भोग्नेपिडा कथाजस्तो लाग्ने त्यो क्षण, जब आफनो जीबनमा परयो अनि बल्ल सत्य लाग्यो अनी मनले मानेन सहेर बस्न जसले गर्दा सुबेदीलाई सन् २००१ देखि कोरियामा रहेका बिभिन्न संघसंस्था सँग मिलेर प्रबासीको हकहित र सामाजिक सुरक्षाको बिषयमा जब आवाज बुलन्द गर्नुभयो अनी उहाँलाई कोरियन सरकारले कडा चेतावनी दियो तापनि उहाँ कोरियामा बैधानिक रुपबाट रहेकाले सरकारको चेतावनीलाई पनि सह्दै नवौ बर्षसम्म प्रबासीको हकहितको निम्ति आवाज उठाँउन चुक्नु भएन । जसले गर्दा कोरियासरकार उहाँका कदमलाई रोक्न चाहन्थ्यो र सुबेदीलाई कि कोरियाको स्थायी बासिन्दा हुँनुपर्ने या कोरिया छोड्नु पर्ने सर्त राख्यो अनी उहाँको जीबनमा झन ठुलो उतारचढाब आयो । धेरै नेपालीहरुको बीचमा यत्रो लामो समय प्रबासीको हकहितका निम्ति संघर्ष गर्दा खेरि भोगेको पिडालाई कोरियन सरकारसँग कानुनीरुपमा लिन पछी पर्नु हुँदैन कोरियन भएर लिन सजिलो हुन्छ भन्ने नेपालीहरुको छलफल पश्चात उहाँले सन् २००९ को सेप्टेम्बरमा कोरियन नागरिकता लिनु भयो ।
बिमारी भएका,समयमा तलब नपाएका,कम्पनिले अत्याचार गरेका जब नेपाली साथीहरु समस्या लिएर म कहाँ आउँनुहुन्छ अनी भाबुक हुन्छु आफुले आफैलाई सम्हाल्न सक्दिन् अनी जिबनको अन्तिम घडिमा रुदै आएका मित्रहरु हाँस्दै फर्कीए भने म आफुलाई भाग्यमानी सम्झिन्छु भनेर सुबेदीले हामीलाई भनिरहँदा उहाँको मोबाईलमा घण्टी बज्यो आखिर नेपाली नै रहेछन् साह्रै समस्यामा परेका उन्लाई सम्झाईबुझाई गरेर आफुलाई भेट्न आग्रह भयो । अह् कतै देखिएन् बितृष्णा, आखिर नेपाली कति भाग्यमानी कोरियामै पहिलो प्रबासीहरुको सामाजिक संस्था किम्हे माईग्रेण्ट हाउस दर्तागरि सन् २०१२ देखि संचालनमा ल्याउनुभएको छ सुबेदीले, जहाँ बार्षिक सरदर बिमारी भएका,समयमा तलब नपाएका,काम नभएका गरि हजारको हाराहारीमा नेपालीले सेवा लिने गरेका छन् भने समस्याको समाधान स्वयंम यज्ञराज सुबेदीले गर्ने गर्नु हुन्छ साथै उहाँका कार्यको प्रशंशा गदै गतबर्ष कोरियन एक्सचेन्ज बैकंले पचासलाख वन बराबरको प्रबासी पुरस्कार प्रदान गरेको थियो ।
म आज कोरियन नागरिक भएछु त्यैपनि नेपाल मेरो मन मुटु सबैमा छ । मैले जे गर्छु नेपालीकै शिर ठाडो पार्नका लागि गर्छु कुराकानीका क्रममा प्रष्टयाउँदै भनिरहँदा प्रश्न थप्न मन लाग्यो र थपिहालीयो आखिर देशका लागि के गर्नुभयो ? पक्कै केहि भएकै रहेछ । झापा,मकवानपुर र नुवाकोटमा बिद्यालय र पुस्तकालय उहाँकै पहलमा कोरियन दाताहरुसँग सहयोग जुटाई सम्पन्न भएका रहेछन् भने बाँकी अझै दुर्गम भेगका बिद्यालयहरुमा पनि सहयोगका निम्ति दाताहरुसँग सरसल्लाह हँुदै रहेछ ।
यसैबिषयमा हामीलाई नेपाली दुतावास दक्षिण कोरियाका उपनियोग प्रमुख राजाराम बर्तौलालेपनि सुबेदीले गरेका कार्यप्रति सलाम टक्राउँदै कोरियामा यसरी नेपालीलाई गरिने सेवा,माया,स्नेह कि भगवानले गर्छन कि यज्ञराज सुबेदीले नै गर्छन भन्दै उहाँले गरेका कार्यले आफुलाई खुसी लागेको बताउँनु भयो ।
कोरियामा रहेका धेरै नेपालीले उहाँलाई गरेको आदर देखेर उहाँका निम्ति धेरै सोधखोज गरयो अह् नकरात्मक जवाफ कतैबाट प्राप्त गर्न सकेन । सबैका हाईहाई रहनुभएका सुबेदीलाई अन्तीममा हामीले यो पनि सोध्न पछि परेनौ र सोधीहाल्यौ तपाईले धेरैलाई जिबन दिनुभयो तर त्यसको बदलामा के पाँउनु भयो ? हाँसेर सहज उत्तर दिदै भन्नुभयो “मैले केहि पाउँला भन्ने लोभले गरेको छैन् म आज जहाँ छु सबैको प्यारले छु सेवालाई लोभसँग किन दाँज्ने ? अनी त्यसरी गरिने सेवाले कस्तो न्याय देला ? तर कोरिया भनु या प्रबासमा नेपालीहरुमा अपरिपक्कता र महत्वकांक्षा अली बढी पाईन्छ । कोरिया आउँनका लागि रोजगार प्रक्रिया प्रणाली आफैमा पूर्ण छैन कोरियनहरुको कामदारप्रतिको दृष्टिकोणनै हामी नेपाली पिडीत हुनुको कारण हो । सरकारले प्रबासी मजदुरका लागि भनेर नियुक्त गरेका श्रमसहचारीलाई बेग्लै कानुनी बाताबरण बनाईदिए श्रमसमस्या समाधानमा हो मा हैसे हुँने थियो” ।

No comments:
Post a Comment