मञ्जु गुरुङ, दक्षिण कोरिया -
दक्षिण कोरियामा स्थापित महिलाहरुको एक मात्र संस्था “महिलाका लागि महिला”को यही आइतबार सम्पन्न तेस्रो अधिवेशनले एक सकरात्मक सन्देश प्रवाह गरेको छ । हाम्रो जस्तो पितृ सत्तात्मक समाजमा दोस्रो दर्जाको रुपमा हेरिने महिलाले पुरुष भन्दा केहीमा पनि कमि नभएको उदाहरण पेश गरेको छ । आन्तरीक जे जस्तो भएपनि सामूहिक कार्यमा एकताबद्ध भई नङ र मासु जस्तै मिलेर सदैब अघि बढ्ने गतिलो उदाहरण पेश गरयो । जसलाई सराहनिय रुपमा लिन सकिन्छ ।
अधिवेशनको अघिल्लो हप्ता मात्र अध्यक्ष र उपाध्यक्षवीचको मनमुटावको काण्डाले मिडियामा समेत स्थान पाएको थियो । एकले अर्कोलाई आरोप प्रत्यारोपमा चरित्र हत्या हुने जस्ता शब्द प्रयोग गरी मिडियामा विवादलाई सार्वजनिक गरिएको थियो । जसले कोरियामा रहेको विभिन्न संघसंस्थाको ध्यान तानेको थियो , कि अधिवेशनमा के के हुने हो । यो विवादले अधिवेशनमा कस्तो असर पाउने हो सबैको चासोको विषय बनेको थियो । तर सोचे भन्दा विल्कुलै फरक सभ्य र प्रकृयागत रुपमा अधिवेशन सम्पन्न भयो ।
धेरै संघसंस्थाहरुमा देखिएको मतान्तरले अधिवेशनमा निकै चर्का चर्की वहसको सृजना गर्छ । तर यो अधिवेशनमा त्यस्तो भएन । विषेश गरी आर्थिक प्रतिवेदनमा धेरैको चासो हुन्छ । समयको अभावको कारण कोषाध्यक्षले कुल आय व्याय र बचत मात्रै सार्वजनिक ग¥यो । जसलाई हलबाट सहजै ताली बजाएर पास गरियो । बचत रकम ६७ लाख ४५ हजार वनले सबैलाई खुशी तुलायो । संगै निर्वाचन मण्डलबाट यो वचत रकम भनेको कोरियामा भएको झण्डै ६० वटा संस्थामा आर्थिक हिसाबले यो संस्था दोस्रो वा तेस्रो स्थानमा रहेको घोषणा भएको थियो । जसले सबैको मुहारमा चमक ल्याएको थियो ।
त्यस्तै कार्यसमिति चयनमा पनि अध्यक्ष पदको लागि पहिलो कार्यकालको उपाध्यक्ष मल्लिका थकाली र सल्लाहकार लक्ष्मी गुरुङको उम्मेदारी परेको थियो । आन्तरिक सहमतिमा लक्ष्मीले मल्लिाकालाई सहयोग गर्दै उम्मेदारी फिर्ता लिएका थिए । त्यस्तै सचिव पदको लागि शान्ति लामा र ऋतु श्रेष्ठको उम्मेदारी परेकोमा ऋतु पहिलाको कार्यसमितिमा पनि भएकोले सहमतिमै शान्ति सह–सचिवमा चयन भए । त्यसपछि पहिला नै सह–सचिवमा उम्मेदारी परेको देवी ज्ञावालीलाई भने नयाँ पद सिर्जना गरी सह–कोषाध्यक्षमा सहमति गरियो । कोषाध्यक्ष कुनै कारण वंश तुरुन्तै नेपाल फर्कन परे आवश्यक पर्ने भन्दै सह–कोषाध्यक्षको चयन गरिएको थियो ।
यस संस्थाको दोस्रो कार्यकालको समय अवधि नै नपुगी अचानक गरीएको भेलाबाट उपाध्यक्ष पदमा रहेका जुनु गुरुङ अध्यक्ष भएका थिए । उनकै कार्यकालमा नेपालबाट समाजसेवी दिलशोभा आमालाई कोरिया बोलाई सम्मान गर्ने बेला अध्यक्ष जुनु विवादमा तानिएकी थिइन् । त्यसपछि बेला बेला कार्यसमितिका पदाधिकारीहरु वीच पनि विवाद सिर्जना भएको थियो । जसका कारण सह सचिव हिमानी गुरुङले पेश गरेको राजीनामा पत्र अस्वीकृत भएको थियो । त्यस्तै सचिव र कोषाध्यक्षहरु पनि अध्यक्षसंग बेला बेला असहमति जनाए पनि विवादलाई भने बाहिर निस्कन दिएनन् । जुन संस्थाको सकरात्मक पक्ष रहयो । कार्यसमितिभित्रै अध्यक्षले एकलौटी संस्था चलाउन खोजेको आरोप खेपी रहेका जुनुले अन्तत संस्थालाई आर्थिकरुपमा बलियो बनाएर गयो ।
कोरियामा अत्यन्तै आवश्यक रहेको महिला सेल्टरको लागि उक्त बचतबाट ६० लाख वन छुट्टै राख्नु पर्ने धारणा अन्तमा जुनु गरुङले राखेकी छिन । भरखरै स्थापना भएको यस संस्थाको दोस्रो कार्यकामा जुनु कै भनाइ अनुसार दोब्बर बचत बनाउन सफल भएको छ । यस सस्थालाई दिगो र फराकिलो बनाउन अझै धेरै काम गर्नु छ । तेस्रो कार्यसमितिको कार्यकाल कस्तो हुने हो चौथो अधिवेशनले देखाउने छ । कोरियामा रहेका मुख्य संस्थाहरु एनआरएन , नेपाली सम्पर्क समिती, आदिवासी जनजाति महासंघ, पत्रकार महासंघ र तीन मुख्य राजनीतिक दलका विदेशी संगठनका अध्यक्षहरुको समुन्वयमा सम्पन्न भएको अधिवेशन सबैको लागि उदाहरणीय बन्यो ।

No comments:
Post a Comment