Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, October 23, 2014

तमाङ संघ दक्षिण कोरिया ले सदस्यता बितरण गरी उपसमिति गठन गर्ने

जी बी लामा,सउल  कोरिया

   गत सेप्टेम्बर 28 तारिकका दिन सातौ अधिबेसन सम्पन्न गरेको नेपाल तमांग संघ दक्षिण कोरियाको पहिलो बैठक अक्टूबर 12 मा बसेको छ ।उक्त बैठक बाट कोरियामा रहेका तमाङहरु लाई लक्षित गर्दै नयाँ सदस्यता बितरण गरी संगठन बिस्तार गर्ने तमांग संघ कोरियाका अध्यक्ष देव सिं तमांग ले बताय ।साथै सदस्यता बितरण पश्चात कोरियाको बिभिन्न ठाऊमा आन्सन, इन्छन, फ्येन्थेक, थेगु, बुसान, उइजम्बु, लगायत अन्य ठाऊमा सम्पर्क समिति गठन गरी संस्था लाई चुस्त र दुरुस्त बनाउने समेत निर्णय गरेको जानकारी दिय ।संगठन बिस्तारको लागी  तमाङ संघ दक्षिण कोरियाका सहसचिब जीबी लामाको संयोजकमा सदस्यता बितरण गर्न लागेको बताए ।
    कोरियामा हुने बिभिन्न समस्याहरु औधोगिक दुर्घटना कानूनी समस्या , कम्पनी परिबर्तन गर्दाको समस्या ,भाषा को समस्या ,लगायत अन्य समस्यामा तमांग संघ कोरियाले भरपूर सहयोग गर्ने बताय ।यसका साथै बिदेशमा रहेर आफ्नो भाषा ,धर्मं , कला, संस्कृती लाई संरक्षण गर्न र  कोरियामा रहेका नेपाली र कोरियाली समुदाय माझ परिचित गराऊन तमाङ संघले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए ।
    कोरियामा रहेका बिभिन्न संघ संस्था , राजनितिक दल, ब्यापारी, बुद्दिजीबी, बिधार्थी ,पत्रकार लगायत बिभिन्न पेशा संलग्न नेपाली समुदायलाई र बिशेस गरी तमांग समुदाय लाई यस कार्य मा सहयोग गरिदिनु हुन नेपाल तमाङ संघ दक्षिण कोरियाले अनुरोध गरेको छ ।
यसका निम्ती संगठन प्रमुख जीबी लामा सम्पर्क न.010-5931-1930 अध्यक्ष देव सिं तमाङ सम्पर्क न. 010-4554-9771 सचिब पूर्ण तमाङ सम्पर्क न.010-4639-8083 मा सम्पर्क गरी आफ्नो नाम र ठेगाना टिपाउन अनुरोध गरेको छ 

No comments:

Post a Comment