Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 23, 2014

कोरियामा खेलकुद मन्त्रीसंग प्रवासी नेपाली मन्चको भेटघाट तथा दसै-तिहार शुभकामना कार्यक्रम सम्पन्न ।

नमस्ते नेपाल कोरिया संवाददाता 
सेप्टेम्बर २१ तारिख ओएनएफले आयोजना गरेको युबा तथा खेलकुद मन्त्रि  सङ्ग भेट्घाट तथा दसै तिहार शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

नेपाल हाउस सौलमा सम्पन्न कार्यक्रममा माननिय युबा तथा खेल्कुद मन्त्री पुरुषोत्तम पौडेल , नेपाल ओलम्पिक कमिटीका महासचिब एबम नेकपा एमालेका केन्द्रिय सदस्य जिबनराम श्रेष्ठ , राष्ट्रिय खेलकुद परिषद उपाध्यक्ष टेन्डी शेर्पा ,कोरियाका लागी नेपाली राजदुत कमान सिङ्ह लामा,ONF सल्लाहकार कृष्ण राइ , नेपाली जनसम्पर्क समितिका सभापती नवराज सिवाकोटी , नेपाली जन अधिकार मन्चका अध्यक्ष सागर न्यौपाने र एन आर एन आइसिसी प्रतिनिधी केपि सिटौला र जनजाति महासङका अध्यक्ष भक्त शेर्चनले शुभकामना मन्तब्य दिनु भएको थियो ।
कार्यक्रमको सभापतित्व ONF गोबिन्द गाउलेले र सन्चालन सचिब दिपेन्द्र अधिकारिले गर्नु भएको थियो भने स्वागत चाही उपाध्यक्ष केशब गौतमले गर्नु भएको थियो ।
सोहि कार्यक्रममा नेपाली बिद्यार्थी समाज सोन्सिकका तर्फबाट अध्यक्ष बिमल सुबेदिले मन्त्री पौडेल मार्फत नेपाल सरकारलाइ एक ज्ञापन पत्र बुझाउनु भएको थियो ।
कार्यक्रमकै बिचमा ONF थेगु एरियामा लामो समय सम्म सङठनको काम गरि कोरियाको बसाइ सकेर नेपाल जान लाग्नु भएका कमरेड छिरिङ तामाङलाइ अध्यक्ष गोबिन्द गाउले र मन्त्री पौडेलले संयुक्त  रुपमा बिदाइ गर्नु भएको थियो ।
कार्यक्रम सफल बनाउन सहभागी हुनु भएका  प्रमुख अतिथी लगायत सम्पुर्ण अतिथीहरु र उपस्थित नेपालीहरुलाइ ओएनएफ कोरियाले  धन्यबाद ब्यक्त गरेका छन् l

No comments:

Post a Comment