रोशन राई,सोल कोरिया।
प्रवासी मजदुर संगठन (एमटियु ) दक्षिण कोरियाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि अधिबेशन गर्न प्रयास गरिरहेको भएतापनि ३ वर्षयता अधिवेशनको वातावरण नमिलेकै कारण अधिबेशन बिहीन बन्न पुगेको एमटियु कोरियाले यहि अक्टोबर ५ तारिक आइतबारको दिन फुल्ग्वांग मा अधिबेशन गर्ने तयारी गरेको हो।
सेप्टेम्बर २१ तारिक आइतबार एमटियु कार्यलयमा बसेको बैठकले उम्मेरद्वारहरु अध्यक्ष,उपाध्यक्ष र सचिव गरि ३ जनाको उम्मेरद्वार पदको लागि नाम दर्ता प्रक्रिया सकेको छ। एमटियु को आधिकारिक सहयोगी संगठन , कोरियन मजदुर महासंघ ( केसिटियु)को बिधान भित्र बसेर यो अधिबेशन गर्नुपर्ने भएकोले आउदो अक्टोबर ५ को दिन जम्मा प्रमुख पाच जना पदाधिकरिहरुको लागि मात्रै मतदान हुने भएको छ। यसरि मतदान बाट चुनिएका समितिले बिभाग प्रमुखहरु छनोट गरि पूर्ण समिति बनाउने छ
केसिटियु (कोरियन मजदुर महासंघ ) को बिधान अनुसार सबै प्रक्रिया सम्पन्न गर्नुपर्ने भएको हुदा चुनाव हुने मितिको १५ दिन अगाडी नै उम्मेरद्वार थाहा हुनुपर्ने भएकोले ,गत आइतबार बसेको बैठकले तीन जना उम्मेरद्वार हरुको नाम सार्बजनिक गर्दै उक्त सार्बजनिक उम्मेरद्वारहरुलाई उपस्थित मध्येबाट १० जनाले सहमति हस्ताक्षर गरेपछि उम्मेरद्वारी दर्ता प्रक्रिया सकिएको थियो।
' हिजो एमटियु कोरियाले प्रवासी मजदुरहरुकै हितको लागि लडिरहेको थियो ,आजको समयमा पनि लडिरहेको छ र भोलिको दिनमा पनि निरन्तर लडिरहने छ ',एमटियु कोरियाको कार्यबाहक अध्यक्ष उदय राईले बताए। यसर्थ प्रवासीमजदुरहरु एकजुट भएर एमटियुले गर्ने कार्यक्रमहरुमा उपस्थित मात्रै भईदिए दक्षिण कोरियामा हुने मजदुरहरुको समस्या यतिधेरै देखा नपर्ने पनि अध्यक्ष राईले जिकिर गरे।
२०१४ अक्टोबर ५ तारिक आइतबारको दिन हुने अधिवेशनको दिन जसरि भएपनि बिहान ११ बजे उपस्थित भई उक्त चुनावी कार्यक्रम सफल गरिदिनुहुन सम्पूर्ण मजदुरवर्गहरुमा अध्यक्ष उदय राईले अनुरोध गर्नुभएको छ।
उक्त दिन हुने अधिबेसन को स्थान भने एमटियु कार्यालय फुल्ग्वंग हुनेछ। छुङ्ररो३गा बाट लाइन न ३ को थेहवा तिर जाने ट्रेन चडि सातौ स्टेशन "फुल्ग्वांग " मा झरी गेट न २ बाट बाहिरिएर २ मिनेट हिड्नुपर्ने हुन्छ।
(सम्पर्क फोन :०१०५६७५२०११ , उदय राई,)

No comments:
Post a Comment