Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 5, 2014

कोरियाको छुसकमा नेपाली कलाकारहरुको भिड

देवेन्द्र सम्बाहाम्फे, दक्षिण कोरिया .
सोल-सलनाल र छुसक जस्ता कोरियाली पर्वहरु नजिकिएपछि यहाँ आउने नेपाली कलाकारको ताँती लामो हुनेगरेको छ । यी  दुई पर्वमा ३/४ दिन बिदा हुने भएकाले बिभिन्न संस्थाहरुले संस्कृतिक कार्यक्रम आयोजना गर्दछन । यस्ता कार्यक्रमहरुमा प्रस्तुति दिन उनीहरु आउने गरेका हुन् ।

पर्सी सेप्टेम्बर ७ तारिखबाट शुरु हुने यो बर्षको छुसकमा पनि नेपाली कलाकारको ताँती लामो बनेको छ । यसपाली  चार वटा सास्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको छ । छुसकको पहिलो दिन नेपाल मगर संघले 'नेपथ्य विथ लिटिल डान्स क्वीन तेरिया' नामक लाइभ कन्सर्ट आयोजना गर्दैछ । नेपालका आदिबासी जनजातिको सहयोगार्थ सो कार्यक्रम गर्न लागिएको हो । नेपथ्य समुहले यसअघि २००४ र  २०१० मा आफ्नो प्रस्तुति दिएको थियो । नेपथ्यसंग  जीटीभी लिटिल डान्स  तेरिया मगरको साथ रहने छ । तेरिया कोरिया पहिलोपल्ट आउन लागेकी हुन् । कन्सर्टलाई अझ स्मरणीय बनाउन उत्कृष्ट साउण्ड सिस्टम र स्टेज डेकोरेसन गरिएको आयोजकले जनाएका छन् भने नेपथ्य ब्यान्डका कलाकारहरु हिजै कोरिया छिरेका छन् |

त्यसै दिन धरान–कोरिया सहयोग समितिले 'बुढा सुब्बा सांगीतिक सौगात' पस्किन लागेको छ । यो सौगातमा हट र सेक्सी लोक गायीका ज्योती थापा मगर, हास्यकलाकार विल्सनबिक्रम राई, गायिका बिष्णु  चेम्जोङ र गायक सबिन राईले आ-आफ्नो कला र गलाका माध्यमबाट दर्शकलाई मनोरन्जन दिनेछन् । यहाँका नेपालीहरुले गेटअपका कारण अहिले चर्चामा रहेकी  गायिका थापा मगरको बिशेष प्रतीक्षा गरेका छन् । चारै जना कलाकार भोलि आईपुग्ने जनाइएको छ |यो कार्यक्रमको उद्धेश्य भने धरान शहरको दृश्यावलोकन गर्न टावर निर्माण गर्ने रहेको छ ।
छुसकको दोश्रो दिन सेप्टेम्बर ८ मा पनि दुइटा कार्यक्रम रहेका छन् । खोटाङ सेवा समितिले ‘खोटाङ-हलेसी सांगीतिक सौगात भाग-३’ प्रस्तुत गर्न लागेको छ । यसका लागि गायकहरु राजेश पायल राई, प्रमोद खरेल,रेवत राई तथा गायिका कोमल वली, मिलन अमात्य, समला राई , तयाँहाङमा राई र नायिका पृयंका कार्की आउने भएका छन्  जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको दाबि छ । यसै दिन लुम्बिनी अन्चल अस्पतालको सहयोगार्थ रुपन्देही सम्पर्क समितिले ‘ रमाइलो लुम्बिनी रमझम’ प्रस्तुत गर्न लागेको छ । यसका लागि समितिले गायक रामजी खांड र गायिका मन्जु पौडेललाई आमन्त्रण गरेको छ । यो रमझममा तेरिया मगरले पनि नृत्य प्रस्तुत गर्नेछिन् भने स्थानीय 'द एक्स बेण्ड' ले लाइभ प्रस्तुति दिनेछ ।

No comments:

Post a Comment