Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, September 5, 2014

खोटाङ हलेसी सांगीतिक सौगात कार्यक्रमको तयारी पुरा

रोशन राई, दक्षिण कोरिया l
'खोटाङ सेवा समाज कोरियाको चाहना,स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भावना' भन्ने मुख्य नाराको साथ खोटाङ सेवा समाज कोरियाले छुसकको दोस्रो दिन अर्थात् सेप्टेम्बर ८ तारिक आयोजना गर्न लागेको खोटांङ -हलेसी सांगीतिक सौगातको तयारि पूरा भएको छ |

नेपालको ख्याति प्राप्त गायक गायिकाहरु राजेश पायल राइ,प्रमोद खरेल,मिलन अमात्य ,  कोमल वली , नायिका तथा मिस नेपाल प्रियंका कार्की साथै समला राइ , राजेश राइ,तयाहाङ्गमा राइ यहि आइतबार ७ तारिक आइपुग्ने निश्चित भैसकेको खोटांग सेवा समाजका अध्यक्ष अमृत राइले जानकारी दिए |

उक्त सांगीतिक कार्यक्रममा आएका कलाकारहरुका अतिरिक्त स्थानीय चर्चित ब्याण्ड सुनाखरी सांगीतिक समूह, गायक अशोक थुलुङ तथा अन्य कलाकारहरु सन्ध्या,अन्जु र मिना राइले पनि आफ्नो प्रस्तुति दिनेछन ।

सेप्टेम्बर ८ तारिक १२ बजेबाट भब्यरुपमा सुरु हुने उक्त सांगीतिक कार्यक्रम  'संङ्गबुक कुकमिन यसंग ह्वेगान तोंङदेमुन' को हलमा भब्यताको साथ् हुन गैरहेको उक्त कार्यक्रमबाट संकलित रकम खोटाङ  जिल्लाको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने जानकारी समाजका अध्यक्ष अमृत राइले बताए | त्यसैगरी उठेको केहि रकम नेपाल हाउसलाई  ब्यबस्थित गर्नमा पनि सहयोग गर्ने आयोजकले बताएको छ।

यसर्थ यस्तो सामाजिक सेवाको भावनाले आयोजना गर्न लागिएको उक्त सांगीतिक कार्यक्रमलाई भब्य र सभ्यताको साथ सम्पन्न गर्नको लागि कोरियाबासी सम्पूर्ण बुद्दी जीवि,ब्यापारी ,समाजसेवी, श्रमिक,बिधार्थी साथै सबै-सबैलाइ उपस्थितिको लागि खोटाङ  सेवा समाजले बिनम्र अनुरोध गरेको छ।

No comments:

Post a Comment