रमेश खावाजु ,दक्षिण कोरिया
दक्षिण कोरियाको महान चाड छुसककमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
दक्षिण कोरियाको राजधानी सोलस्थित इण्डिया प्यालेस रेष्टुरेन्टमा गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको २ दिने अधिबेशनले प्रेम ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा रोशन कुमार पौडयाल ,उपाध्यक्षमा सुर्य पन्थी ,सचिबमा उपेन्द्र अर्याल ,सह सचिबमा टोमलाल घिमिरे ,कोषाध्यक्षमा चन्द्र राना ,सह कोषाध्यक्षमा श्रीमती गरिमा खरेल चयन गरेका छन् l सदस्यहरुमा प्रमेश्रर केसी ,क्रिस गुल्मेली बाबु ,समिर बलाल ,कमल पन्थ ,कृष्ण गौतम ,ध्रुब पन्थी तथा श्रीमती देवी ज्ञवाली रहेका छन् l त्यस्तै खेल संयोजकमा इश्वर थापा ,सह संयोजकमा हिम राकसकोटी ,सल्लाहकारमा टामलाल अर्याल , चन्द्र पराजुली र दिपक थापा रहेका छन् l अधिवेशनमा खेल क्षेत्रमा अतुलनिय योगदान गरेका खेलाडीहरुलाइ खेल संयोजक तथा सह संयोजकले खादा ओडाई सम्मान गरेका थिए l त्यसै गरि संस्थाले गुल्मी सम्पर्क समितिको विभिन्न गतिबिधिमा सक्रिय रही संस्थालाइ योगदान गरेवापत कार्यसमितिका सदस्यहरु केशब भुसाल तथा बिष्णु थापा लाइ पनि सम्मान तथा बिदाई गरेका थिए l
रोजगारीको सिलसिलामा कोरियाका विभिन्न क्षेत्रमा कार्यरत गुल्मी जिल्लावासीलाई एकजुट बनाएर जिल्लाको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कोरियामा दुःख पाएका, काम गर्दै गर्दा दुर्घटनामा परेका र नेपालमा जटिल रोग लगेर उपचार गर्न समस्यामा परेका व्यक्तिलाई आर्थिक सहयोग समेत गर्दै आएको छ । गत बर्षको सलनालमा आयोजित रेसुंगा संस्कृतिक झलक भाग २ बाट संकलित आर्थिक रकम मध्ये १० लाख रुपैयाँ गुल्मीको रुद्रबेनीस्थित बृदाश्रमको भवन निर्माणका लागि सहयोग प्रदान गरिसकेका छन् l संस्थाले छुसक, सलनाल जस्ता कोरियाका राष्ट्रिय चाड पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता जस्ता सामाजिक क्रियाकलाप समेत संचालन गर्दै आएको छ l

No comments:
Post a Comment