Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, September 9, 2014

कोरियाबाट फर्केर पोखराका होटलमा २६ करोडको लगानी गर्दै मदन केसी

पुष्प दुलाल, पाेखरा । 
मुलुकमा चलिरहेको हिंसात्मक सशस्त्र द्वन्द्वका कारण व्यवसाय गर्न विदेशिएकाहरु धमाधम नेपाल फर्किन थालेका छन् । मुलुक शान्ति र स्थायित्वतर्फ अघि बढेकाले नेपालमा व्यवसायको ठूलो सम्भावना देखेपछि आफूहरु स्वदेश फर्किएको उनीहरुको भनाई छ ।

सन् २००५ मा बिजनेश भिषा लिएर व्यापार गर्न कोरिया गएका पोखराका मदन केसी फर्किएर व्यवसाय सुरु गरेका छन् । कोरियामा आयात-निर्यात, डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गर्दै आएका केसीले पोखराको लेकसाइडमा २६ करोड रुपैयाँको लगानीमा ‘होटल गुडविल’ निर्माण गरिरहेका छन् ।
केसीको होटल गुडविल यो वर्षभित्रै सञ्चालनमा आउने छ । ४३ कोठा एकैपटक करिब सय जना ग्राहक बस्न सक्नेछन् । उक्त होटलमा ५० जनाभन्दा बढीले रोजगारी पाउने केसीले जानकारी दिए । उनले पोखरामा ट्राभल एजेन्सी र मनी चेन्जर पनि सञ्चालन गरेका छन् ।
गैरआवासीय नेपाल संघ (एनआरएन) कोरियाका कोषाध्यक्षसमेत रहेका केसी सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गरे विदेश गएका नेपाली धमाधम स्वदेश फर्किएर लगानी गर्ने दाबी गर्छन । ‘धेरै देश घुमेँ तर नेपालजस्तो लगानीको सम्भावना अन्त कहीँ देखिँन, त्यसैले म कोरियाबाट फर्किएँ’ उनले भने -‘द्धन्द्धका कारण व्यवसाय गर्ने वातावरण नहुँदा म व्यवसाय गर्न विदेशिएको थिएँ ।’
होटेलको डिजाइन  

लगानीका लागि नेपाल भिर्जन मार्केट भएको उनको भनाई थियो । ‘नेपाल शान्ति र स्थायित्वतर्फ अघि बढेकाले यहाँ लगानीका प्रसस्तै संभावनाहरु छन्’ उनले भने ।
यसरी नै मुलुकको अवस्थामा सुधार आउने हो भने विदेशिएका नेपालीले मुलुकमा लगानी ओइर्‍याउने  केसीको ठहर छ ।

No comments:

Post a Comment