नमस्ते नेपाल कोरिया डट कम ,११ सेप्टेम्बर ,२०१४
बाँकी रहेका तीन हजार आठ सय जनामध्ये करिब एक हजारजनाको एक महिनाभित्रै लेबर कन्ट्र्याक्ट आउने भएको छ। 'अक्टोबरमा करिब एक हजारजनाको लेबर कन्ट्र्याक्ट आउने निश्चित भएको छ', ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले भने।
लेबर कन्ट्र्याक्ट आएकाहरूको जान पाउने लगभग निश्चित हुन्छ। रोजगारदाताले कामदारको आवश्यकताअनुसार कन्ट्र्याक्ट पठाउने गर्छन्। सन् २०१३ मा भाषा परीक्षा पास गरेकाहरू २०१४ को जनवरीदेखि कोरिया जान थालेका आजको अन्नपुर्ण पोस्टमा प्रकाशित गरिएको छ l
अहिलेसम्म दुई लट कामदार गइसकेका छन्। अक्टोबरमा तेस्रो लटका कामदार लैजाने तयारी कोरियाले गरेको हो। तेस्रो लटका कामदार गएपछि करिब दुई हजार आठ सयजना जान बाँकी हुनेछन्।
गत जनवरीयता चार हजार ६ सयजनाको लेबर कन्ट्र्याक्ट आएकामा चार हजारजना कामदार कोरिया गइसकेका छन्। यस हिसाबले अब तीन हजार आठ सयजना जान बाँकी छन्। सन् २०१३ मा पास गरेका कामदार जाने क्रम जारी रहेकै बेला कोरियाले २०१४ मा पुन: भाषा परीक्षा लिँदैछ।
भाषा परीक्षा पास गरेको मितिले दुई वर्षसम्ममा कोरिया गइसक्नुपर्छ। दुई वर्षभित्र पनि जान नपाएमा पुन: दोहोर्याएर भाषा परीक्षा दिनुपर्ने हुन्छ।
आगामी असोज १० र ११ गते नयाँ कामदारका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। यस हिसाबले नयाँ परीक्षा सञ्चालन गर्नुअघि पुराना करिब दुई हजार आठ सयजना कामदार जान बाँकी हुने अवस्था आउनेछ। अहिले नयाँ कामदारका लागि भाषा परीक्षा सञ्चालन गरे पनि गत वर्ष पास गरेकाको अझै एक वर्षसम्म कोरिया जान पाउने सम्भावना हुन्छ।
कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा विदेशी कामदार लिने गरेको छ। नेपालबाट जाने कामदार पनि यी दुई क्षेत्रकै छन्। पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा कामदारको माग घट्दो छ भने उत्पादनतर्फ बढिरहेको छ। सन् २०१३ मा जाँच दिएकामध्ये चार हजार ६ सय जना उत्पादनमूलकमा र बाँकी कृषि क्षेत्रमा काम गर्न जाने थिए।
यीमध्ये उत्पादनमूलक क्षेत्रका दुई हजार ६ सयजनाभन्दा बढीको लेबर कन्ट्र्याक्ट आइसकेको छ। अर्को महिना आउने लेबर कन्ट्र्याक्टमा पनि अधिकांश उत्पादनमूलक क्षेत्रमा काम गर्न जानेकै हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कृषितर्फ भने अहिलेसम्म जम्मा एक हजार तीन सयजनाको मात्र लेबर कन्ट्र्याक्ट आएको छ।
दक्षिण कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। नेपालले सन् २००८ देखि सरकारी तबरबाट यो मुलुकमा प्रशिक्षार्थी कामदार पठाउन थालेको हो। अहिलेसम्म चारपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ।
हाल त्यहाँ करिब २५ हजार नेपालीले काम गरिरहेका छन्। जाने कामदारले मासिक न्यूनतम एक लाख रुपैयाँदेखि एक लाख ७० हजार रुपैयाँसम्म कमाइ गर्न सक्छन ,आजको अन्नपुर्ण पोस्टमा छापेको छ l
गत वर्ष कोरियाली भाषा परीक्षा पास गरी जागिरका लागि आवेदन दिएका मध्ये तीन हजार आठ सय जना कोरिया जान बाँकी छ। कुल सात हजार आठ सयजनाले जागिरको आवेदन (जब एप्लिकेसन) दिएकामा अहिलेसम्म ४६ सयजनाको लेबर कन्ट्र्याक्ट आएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।
बाँकी रहेका तीन हजार आठ सय जनामध्ये करिब एक हजारजनाको एक महिनाभित्रै लेबर कन्ट्र्याक्ट आउने भएको छ। 'अक्टोबरमा करिब एक हजारजनाको लेबर कन्ट्र्याक्ट आउने निश्चित भएको छ', ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बास्तोलाले भने।
लेबर कन्ट्र्याक्ट आएकाहरूको जान पाउने लगभग निश्चित हुन्छ। रोजगारदाताले कामदारको आवश्यकताअनुसार कन्ट्र्याक्ट पठाउने गर्छन्। सन् २०१३ मा भाषा परीक्षा पास गरेकाहरू २०१४ को जनवरीदेखि कोरिया जान थालेका आजको अन्नपुर्ण पोस्टमा प्रकाशित गरिएको छ l
अहिलेसम्म दुई लट कामदार गइसकेका छन्। अक्टोबरमा तेस्रो लटका कामदार लैजाने तयारी कोरियाले गरेको हो। तेस्रो लटका कामदार गएपछि करिब दुई हजार आठ सयजना जान बाँकी हुनेछन्।
गत जनवरीयता चार हजार ६ सयजनाको लेबर कन्ट्र्याक्ट आएकामा चार हजारजना कामदार कोरिया गइसकेका छन्। यस हिसाबले अब तीन हजार आठ सयजना जान बाँकी छन्। सन् २०१३ मा पास गरेका कामदार जाने क्रम जारी रहेकै बेला कोरियाले २०१४ मा पुन: भाषा परीक्षा लिँदैछ।
भाषा परीक्षा पास गरेको मितिले दुई वर्षसम्ममा कोरिया गइसक्नुपर्छ। दुई वर्षभित्र पनि जान नपाएमा पुन: दोहोर्याएर भाषा परीक्षा दिनुपर्ने हुन्छ।
आगामी असोज १० र ११ गते नयाँ कामदारका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। यस हिसाबले नयाँ परीक्षा सञ्चालन गर्नुअघि पुराना करिब दुई हजार आठ सयजना कामदार जान बाँकी हुने अवस्था आउनेछ। अहिले नयाँ कामदारका लागि भाषा परीक्षा सञ्चालन गरे पनि गत वर्ष पास गरेकाको अझै एक वर्षसम्म कोरिया जान पाउने सम्भावना हुन्छ।
कोरियाले उत्पादनमूलक र कृषि क्षेत्रमा विदेशी कामदार लिने गरेको छ। नेपालबाट जाने कामदार पनि यी दुई क्षेत्रकै छन्। पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा कामदारको माग घट्दो छ भने उत्पादनतर्फ बढिरहेको छ। सन् २०१३ मा जाँच दिएकामध्ये चार हजार ६ सय जना उत्पादनमूलकमा र बाँकी कृषि क्षेत्रमा काम गर्न जाने थिए।
यीमध्ये उत्पादनमूलक क्षेत्रका दुई हजार ६ सयजनाभन्दा बढीको लेबर कन्ट्र्याक्ट आइसकेको छ। अर्को महिना आउने लेबर कन्ट्र्याक्टमा पनि अधिकांश उत्पादनमूलक क्षेत्रमा काम गर्न जानेकै हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। कृषितर्फ भने अहिलेसम्म जम्मा एक हजार तीन सयजनाको मात्र लेबर कन्ट्र्याक्ट आएको छ।
दक्षिण कोरिया वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। नेपालले सन् २००८ देखि सरकारी तबरबाट यो मुलुकमा प्रशिक्षार्थी कामदार पठाउन थालेको हो। अहिलेसम्म चारपटक भाषा परीक्षा सञ्चालन भइसकेको छ।
हाल त्यहाँ करिब २५ हजार नेपालीले काम गरिरहेका छन्। जाने कामदारले मासिक न्यूनतम एक लाख रुपैयाँदेखि एक लाख ७० हजार रुपैयाँसम्म कमाइ गर्न सक्छन ,आजको अन्नपुर्ण पोस्टमा छापेको छ l

No comments:
Post a Comment