Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 11, 2014

नेपालको विकास गर्न नसके अस्तित्व नै मेटिने - घनश्याम भूषाल

देवेन्द्र सम्बाहाम्फे -सउल,कोरिया                
   नेकपा एमालेका उप महासचिव घनश्याम भूषालले अबको १५ वर्षभित्र  विकास गर्न नसके नेपालको अस्तित्व नै मेटिने खतरा रहेको बताएका छन् । सोलमा आयोजना गरिएको एक  अन्तरकृयामा भूषालले अब पनि आर्थिक विकास गर्न ढिलाई गरे छिमेकी चीन र भारतको विकासको भेलले नेपाललाई बगाएर लाने खतरा रहेको बताएका हुन् ।

'समृद्ध नेपाल निमार्णमा हाम्रो भूमिका' विषयक अन्तरकृयालाई सम्बोधन गर्दै भूषालले पाँच वर्षभित्र नेपालको विकास तीब्र पार्न आवश्यक रहेको बताए । अहिले संघीय व्यवस्था र शासन प्रणालीबारे बहस हुनुपर्ने बेला हो भन्दै उनले आन्दोलनबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने पात्रको खोजी आजको मुख्य चुनौती रहेको बताए ।

राजनीतिक व्यवस्थाको लागि गरिने संघर्ष सकिएकाले अब क्रान्ति गर्न आवश्यक नरहेको जिकिर गर्दै उनले फेरी राजनीतिक व्यावस्था परिवर्तन कै लागि क्रान्ति भए देश डुब्ने खतरा रहेको औंल्याए  ।

अब दलहरु नैतिक, सांगठनिक र सैद्धान्तिक हिसाबले समृद्ध कसरी बन्ने भन्नेबारे प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्दै ५ वर्षभित्र देश विकासको गतिलाई तीब्र पार्न नेकपा एमाले अग्रसर भएको दावि गरे ।

'पछिल्लो पटक प्रचण्डले पाएको मौका गुमाए जस्तै हामीले पनि पाएको धेरै मौका गुमाइसक्यौं, तातेको फलामलाई आकार दिने समय यही हो' कार्यक्रमका् प्रमुख अतिथि रहेका भूषालले भने 'ढिला गरे राष्ट्रियता नै खतरामा पर्दछ ।'

कम्युनिष्टहरु एक भएर ३५ वर्षभित्र समाजवादी समृद्ध नेपाल बनाउनु पर्ने धारणा राख्दै एमाले जनताको सरोकारमा प्रत्यक्ष उत्तरदायी हुने दलकोरुपमा अघि बढेको खुलाए ।

कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले विकासका लागि प्राकृतिक श्रोत र साधनको उचित  व्यवस्थापन  हुनुपर्ने औल्याए । कार्यक्रमका  बिशेष अतिथि रहेका लामाले विभेदमुक्त  संविधान निर्माण गरेर सबैको सीप र श्रमको उचित सदुपोग गरी नेपाललाई समृद्ध बनाउनु पर्नेमा जोड दिएका थिए । लामाले आफु नेपाल फर्केपछि विकास अभियन्ताकोरुपमा  होमिने प्रतिबद्धता जनाए ।

त्यस्तै अर्का अतिथि सोलस्थित नेपाली दूताबासका श्रसहचारी अनिल गुरुङले श्रम बेच्नेक्रममा विदेशमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त गर्ने उचित समय अहिले भएको भन्दै नीति निर्मातालाई ध्यानकार्षण गराएका थिए । त्यस्तै व्यवसायी भोला दुलालले जलविद्युत, पर्यटन र कृषी क्षेत्रको विकास गर्न सके देश समृद्ध बन्न सक्ने बताए

No comments:

Post a Comment