नमस्ते नेपाल कोरिया संवाददाता
कार्यक्रम भव्य सफल भएको ठहर गर्दै व्यवस्थापनमा भएको कमि कमजोरी प्रति क्षमा याचना
कोरियनहरुको महान चाड छुसकको अवसर पारेर यहि सेप्टेम्वर ७ तारिक आईतवार सिनहोङ्ग युनिभर्सिटी माङ्वलसामा आयोजित “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया साथमा लिटिल डान्स क्वीन तेरीया” कार्यक्रम उत्कृष्ट नभए पनि भव्यताको साथ सफल भएको नेपाल मगर संघ गणतन्त्र कोरियाले ठहर गरेको छ।
आयोजकले ३००० दर्शकको अपेक्षा गरेको भएपनि ५००० हजार भन्दा बढि दर्शकहरुको सहभागिताले गर्दा व्यवस्थापनमा केहि कमि कमजोरी देखिएकोले कार्यक्रममा उपस्थित हुनुभएका अतिथीगणहरु र दर्शकहरुलाई पर्न गएको पिर मर्का र असुविधा प्रति आफूहरु दुखी भएको कुरा बरिष्ठ उपाध्यक्ष खड्क थापा मगरले स्विकार गर्नुभएको छ।
देश विदेशमा चर्चित रहेको नेपथ्य व्याण्ड र लिटिल डान्स क्वीन तेरीया फौजा मगरको सुन्दर समिश्रण रहेको प्रस्तुतीमा दर्शकहरुको धेरै आगमनले गर्दा प्राविधिक कक्ष देखि ड्रेसिङ् कक्षको विचमा तालमेल नमिल्दा खल्लोपन आएको महासचिव तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक सी.पी. मगरले स्वीकार गर्नुभएको छ। नेपथ्य व्याण्ड कै सम्झौता अनुसार साउण्ड सिस्टम, बत्तीहरु प्रयोग गरिए पनि अत्याधिक भिड र गर्मीको कारणले आफूहरु पनि हतोत्साहित भएको कुरा साउण्ड सिस्टमका ईञ्जिनियर ली योनले बताउनु भएको छ।
नेपथ्यकै रोहबरमा अघिल्लो दिन साउण्ड सिस्टमहरु परिक्षण गरिएको तर दर्शकको चाहाना अनुसार उत्कृष्ट मात्र बन्न नसकेको महासचिव मगरले थप्नुभएको छ। कार्यक्रम व्यवस्थापनमा भएको कमि कमजोरी तथा पर्दा भित्र रहेका विभिन्न असमान्य परिस्थितिको बाबजुद पनि अतिथीज्यूहरु लगायत सम्पूर्ण दर्शकहरुले अनुशासित र संयमित अपनाई कार्यक्रम हेरिदिनुभएकोमा हार्दिक धन्यवाद दिंदै आउने दिनहरुमा संघबाट हुने, गर्ने कार्यक्रमहरुमा गल्ती नदोह-याउने वाचा गर्दै सम्पूर्ण अतिथी तथा दर्शकहरु संग क्षमा मागिएको छ। यसै गरि कार्यक्रम गर्नु भन्दा अगाडी र कार्यक्रम सम्पन्न हुंदाको दिन सम्म कोरिया स्थित क्रियाशिल संघ संस्थाहरु, नेपाली दाजुभाई दिदी बहिनीहरु तथा कोरियावासी सम्पूर्ण मगरहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जे जसरी सहयोग गर्नु भयो त्यसको लागि मगर संघको तर्फबाट अध्यक्ष पुरन राना मगरले हार्दिक कृतज्ञता व्याक्त गर्नुहुंदै हल व्यवस्थापन र कलाकार स्पोन्सर गर्नुहुने पास्चर ली दे ह्योन, श्री भरत तुलाचन (भू.पू. अध्यक्ष म्याग्दी समाज तथा थकाली समाज कोरियाका बर्तमान अध्यक्ष) श्री रविन तामाङ्( उपाध्यक्ष एन.आर. एन. कोरिया) श्री तारा के.सी.( अध्यक्ष बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया),श्री राजु क्षेत्री (अन्तर्राष्ट्रिय तेकान्दो रेफ्री तथा हेप्पी कुक रेष्टुरेण्ट सञ्चालक), साङ्गे लामा लगायत कोरियाका अनलाईन खबर पत्रिकाहरु- हेल्लो नेपाल डट कम, नेपाल कोरिया न्यूज डट कम,नमस्ते नेपाल कोरिया न्यूज डटकम र प्रदेशीलाईफ डट कम लाई पनि विशेष धन्यवाद दिनुभएको छ।

1.jpg)
No comments:
Post a Comment