Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Saturday, September 13, 2014

आज इन्छनमा हुने एसियाडमा नेपाल इराकसँग भिड्दै

नमस्ते नेपाल कोरिया संवाददाता  ,१४ सेप्टेम्बर 
कोरियामा हुन् लागेको १७ औ एशियाली खेलकुद अन्तर्गत पुरुष फुटवल प्रतियोगितामा आज नेपाल इराकसँग भिड्दै छ ।

आज दक्षिण कोरियाको इन्छन शहरमा हुन लागेको  खेल कोरियन समय अनुसार दिउसो २ बजेबाट सुरु हुदैछ । नेपाली फुटबल टिमलाइ कप्तान सगर थापाले सम्हालेका छन् l    आजबाट शुरु भएको फुटबल प्रतियोगितामा आजमात्रै ८ खेलहरु हुदैछन् ।    डी समुहमा परेको नेपालले सेप्टेम्वर १७ मा कुवेतसँग र सेप्टेम्वर २१ मा जापानसँग खेल्नेछ ।  एसियाडमा २९ देशले सहभागिता  जनाएका छन् । आज हुने खेलमा नेपाली दर्शकहरुको उल्लेखनिय सहभागिता हुने अनुमान कृष्ण गुरुङले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l  गुरुङले आज हुने खेलमा  नेपाली फूटबल टोलिलाइ हौसला बढाउन कोरियामा रहेका नेपाली साथीहरुलाइ सहभागी हुन् अनुरोध गर्नु भएको छ l

सम्पर्क 
कृष्ण गुरुङ[ ब्रो तमु ] - 01065251899 

No comments:

Post a Comment