सन २००६मा नेपाल स्टार तथा मिस नेपाल २०११ का मिस ट्यालेन्ट उपाधि बिजेता रहेसकेकी गायिका,मोडल तथा हिरोइन विष्णु चेम्जोङको पहिलो एल्बम साथ बजारमा आइसकेको छ भने अर्का एल्बम ल्याउन तयारीमा रहेकी छिन् ।कयौं म्युजिक भिडियोमा आफनो अभिनयको जादु देखाइसकेकी सुन्दरी गायिका चेम्जोङ अब गायिका मात्र नरहेर नेपाली चलचित्र जगतमा समेत नायिकारुपमा देखापरीसकेकी छिन् । यसअघि नैं फिल्मी क्षेत्रमा प्रवेश गरीसकेकी गायिका नायिका चेम्जोङद्धारा अभिनित चलचित्र निशानी प्रर्दशनमा आएको छ । यिनै गायिका नायिका चेम्जोङ धरान कोरिया सहयोग समितिले आयोजना गरेको बुढा सुब्बा सांगीतिक सौंगातमा सहभागी हुन दक्षिणकोरियामा आएकी थिईन सोही अवसर पारेर नमस्ते नेपाल कोरिया डट कमका सहसम्पादक ऐश्वर्य श्रेष्ठले गर्नु भएको अन्तरंग कुराकानी ।
आजभोली के मा व्यस्त हुनुहुन्छ ?
म अहिले निशानी फिल्मको प्रोमोसनको क्रममा छु विभिन्न फिल्महरुमा गीत गाइरहेको छु साथैं नयां एल्बम तयारी समेत गदैंछु ।
निशानीको कस्तो किसिमको फिल्म हो ?
यो यथार्थवादी फिल्म हो त्यसमा पनि कार्गिल युद्धमा वीर गार्खालीले निभाएको कथावस्तु समेटिएको छ ।यो फिल्म विशुद्ध मौंलिक नेपाली चलचित्र हो ।काल्पनिकता यसमा छैंन,समग्रहमा स परिवारसंगैं बसरे हेर्न सकिने फिल्म हो ।
निशानीले कस्तो बजार पाउला ?
मेरो विचारमा फिल्मको कथावस्तु यथार्थ र राम्रो भएकोले सम्पुर्ण दर्शकले मन पराउनुहुन्छ भन्ने विश्वास छ ।
तपाई गायिका साथैं बिस्तारैं फिल्मी क्षेत्रमा छिर्नुभएको छ भविष्यमा गायनलाई माया त मार्नुहुन्न ?
सर्वप्रथम म आफु गायिका नैं हो यसलाई छोडने भन्ने कुरा नैं हुन्न । संगीत मेरो जीवनको आधारस्तम्भ जस्तैं हो,केही फिल्ममा खेल्दा त्यस्तो खासैं मेरो गायनमा असर पदैंन त्यसमा पनि अभिनयमा आफनो भुमिका सुहाउदो भएकोले मैंले फिल्म खेलेको हु ।
तपाईको नयां एल्बम चाहि कहिलेसम्म बजारमा आउदैंछ ?
समय लाग्नसक्छ यति नैं भन्न सक्दिन किन कि नेपालमा कहिले लोडसेडिङले गर्दा भनेको काम समयमा गर्न सकिन्न यद्दपि ४ ५ महिनासम्म बजारमा आउन सक्छ ।
एल्बमको नाम सोचीसक्नु भएको छ कि ?
त्यस्तो केही सोचेको छैन् ।
नयां आउन लागेको एल्बममा कस्तो गीतहरु समेटने प्रयास गर्नुभएको छ ?
यो एल्बम अलि भिन्न बनाउने सोचमा विभिन्न किसिमको गीतसंगीतलाई समेटेने प्रयास गरीरहेको छु । विषेश गरी मैंले पहिलोचोटी सबैं विधाको गीतहरु समेटने कोसिस गरेको छु ।यो एल्बममा रक,साल्सा,सेन्टिमेन्टल,क्लासिक,स्लो मेलोडी साथैं यो एल्बममा डान्सिङ नंबरका गीतहरु रहनेछन् ।
अन्तमा के भन्न चाहनुहुन्छ दर्शक स्रोतालाई ?
भर्खरैंमात्र मैंले अभिनय गरेको निशानी फिल्म रिलिज भएको छ, त्यसैंगरी चांडैं नैं बजारमा मेरो नयां एल्बम आउदैंछ तसर्थ नेपाली गीतसंगीत र नेपाली चलचित्रलाई सुनेर हेरेर माया गरिदिनु होला ।मलाई जसरी गायिकाको रुपमा तपाईहरुले माया गर्नुभएको छ त्यसरी नैं नायिकाको रुपमा मन पराएर माया गरीदिनुहुनेछ ।


No comments:
Post a Comment