Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, September 14, 2014

ईन्छन एसियाड फुटबलमा नेपाल इराकसँग ४-० ले पराजित ( फोटो फिचर सहित )

अर्जुन बराल | १४ सेप्टेम्वर, दक्षिण कोरिया
दक्षिण कोरियाको राजधानी सउल देखि झण्डै चालीस किलोमिटर टाढा रहेको ईन्छन खेलकुद मैदानमा भएको १७ औ एसियाली खेलकुद अन्र्तगतको फुटबल खेलमा आज नेपाल ईराकसँग ४–० ले पराजित भएको छ ।
खेलसुरु भएको पाँच मिनेटमा पहिलो गोल गरेको ईराकले हाफटाईमको अतिरिक्त थपसमयमा दोस्रो,खेलको ८४ मिनेटमा नेपालको डिबक्सभित्र गोल बचाँउने प्रक्रियामा एकआपसमा ठोक्किएर रोहित चन्दको आत्मघाती गोलले र्ईराकले तेस्रो गोल गर्न सफल भएको थियो भने खेलको ९० मिनेटमा आएर ईराकले चौथो गोलको भार थोपारिदिएको थियो ।
दक्षिण कोरियामा रहेका नेपाली आज सार्बजनिक बिदाको दिन पारि खेल हेर्न र नेपाली खेलाडीलाई हौसला प्रदान गर्न खेल मैदानमा फुटबल खेलका पारखी समेत रहेका कृष्ण गुरुङले लगभग तीनहजार नेपालीको उपस्थिती भएको बताएका थिय भने कोरियास्थित नेपाली दुतावासका राजदुत कमानसिंह लामा,उहाँको परिवार,गैह्र आवासिय नेपाली संघ कोरियाका अध्यक्ष बिनोद कुवँरको समेत उपस्थित भएको भएतापनि नेपालको तर्फबाट कुनै गोल नहुँदा निराश भएका थियो  ।  अब नेपाल ले सेप्टेम्बर १७ मा कुवेतसँग र सेप्टेम्बर २१ मा जापानसँग सामाना गर्नुपर्ने छ जुन चुनौतीपूर्ण समेत रहेको मानिन्छ ।



No comments:

Post a Comment