Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, September 11, 2014

कोरियामा झापा FC ले चुम्यो चैाथो नागार्जुन कप (फोटो फिचर सहित )

विकास मोक्तान, सउल कोरीया
 नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) ले कोरियाको महान पर्व छुसकको पावन अवसर पारी, सेक्टेम्वर 9 तारिख दोङ्दुछन खेल मैदानमा आयोजना गरेको  चौथो नागार्जुकप झापाFC ले चुमेको छ ।
फोटो ; प्रवासी फोटोग्राफी 

 २५ टिमलाई ३ वटा मैदानमा ए र बि पोल बनाई खेलाईएको खेलमा सेमिफाईनलमा एपोलबाट धरानलाई पछी पार्दै  झापा र बिपोलवाट म्याग्दीलाई पछी पार्दै मोक्फो ए फाईनलमा प्रबेश गरेको थियो  । बिहान ८ बजे सुरु भएको खेल बेलुका ८बजे फाईनल खेल शुरु भएको  थियो फाईनलमन २— १को अग्रतालिदै झापा विजयी भएको थियो । दुबै टिम पहिलो पटक नागार्जुन कपको फाईनलमा पुगेका हुन ।
 विजेतालाई १३ लाख कोरियन वन शिल्ड, मेडल र प्रमाण प्रत्र र उपविजेतालाई ७ लाख वन मेडल र प्रमान प्रत्र रहेको थियो।साथै बेष्ट खेलाडी र हाई स्कोर को लागी पनि पुरस्कार रहेको थियो। कोरियामा पहिलो पटक यतिधेरै नेपाली टिम सहभागी भई कार्यक्रम सफल भएकोमा संयोजक ब्रो तमुले खुशी व्यक्त गरेका थिए ।
बिहान १० बजे सम्पुर्ण खेललाई रोेकेर अौपचारिक कार्यक्रम पनि भएको थियो ।शुभकामना मन्तव्यको क्रममा गुम्वा प्रमुख लामा उर्गेन तामाङले अहिले जे जस्तो छ त्यसमा हासी खेली रमाउनुहोस अर्को बर्ष पुरस्कार राशी  अझ शसक्त रुपमा लिएर उपस्थित हुन्छु भन्दा खेल मैदान नै लालिले गडगडाहट भएको थियो ।साथै प्रमुख अतिथि कोरियाका लागी नेपाली राजजुत महामहिम कमान सिह लामाले  अव यो अाउदो  दशैवाट राजदुत कप फुटवल प्रतियोगीता हुने जानकारी दिदै कोरियामा रहेका फुटवल क्लब लाई उक्त  खेलमा दर्ता गर्न अनुरोध समेत गर्नु भएको थियो ।

त्यसै गरि विशेष अतिथि दोङ्दुछन सिटीका मेयरले पनि खेल सफलताको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रम गुम्वाका सचिब बिकास र सदस्य जी. बि. ले संन्चालन गरेका थिए ।

तस्विर सौजन्य: -प्रवासी

No comments:

Post a Comment