Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, September 1, 2014

कोरियामा प्रवासी मजदुर संघ (एमटीयु ) को अधिबेशन हुने

रोशन राइ- सउल ,दक्षिण कोरिया  
प्रवासी मजदुरहरुको हक अधिकारको लागि निरन्तर संघर्ष गर्दै आईरहेको एकमात्र संगठन ( एमटियु) प्रवासी मजदुर सघ दक्षिण कोरियाको अधिबेशन यही आउदो अक्टोबर ५ तारिक आइतबर हुने भएको छ ।

बिगत लामो समयदेखी एमटियु कोरियाको अधिबेशन हुन नसकिरहेको हुनाले यो अक्टोबर महिनामा जसरी भएपनी गर्नै पर्ने; बर्तमान कार्यबाहक अध्यक्ष उदय राईले बताउनु भयो ।

अगस्ट ३१ तारिक आईतबार सौलको फुल्ग्वाङमा रहेको एमटियु कार्यालयमा भएको अन्तरकृया तथा छलफल कार्यक्रममा बोल्दै, 'बिगतको अन्य पदाधीकारीहरुले संगठन प्रती चासो देखाई सकृय हुन नसकेकोले नै संगठन को अधिबेसन यहाँसम्म सरेको' अध्यक्ष राइले बताउनु भएको थियो। त्यस्तै कोरियामा  रहेका धेरै मजदुर साथीहरुले समस्याको कुरा टेलिफोन मार्फत मात्रै राख्ने तर पीडित आँफै कार्यालयमा नआउने भएकोले पनि उक्त पीडितको सबै समस्या समाधानमा समस्या आउने  अध्यक्ष  राइले बताउनु भयो। लामो समयदेखी एक्लै खट्नु परेको हुँदा सबै ठाउँको मजदुरहरुको समस्या  हेर्न असहज  परिरहेको हुँदा अबको अधिबेशनमा सकृयताको साथ लागि पर्ने उम्मेर्द्वारहरुलाई छनौट गर्नको लागि पनि कोरियामा रहेका सबै प्रवासी मजदुरहरुलाई उक्त अधिबेशनमा शहभागी हुन कार्यबाहक अध्यक्ष राइले अनुरोध गर्नु  भएको छ।
उक्त   अधिबेशनमा शहभागी भएर उम्मेरद्वार चुन्नको लागि,पहिलेनै एमटियु को सदस्यता लिएर लेबी नतिरेको मजदुरहरुले हालसम्मको वा अधिबेशन हुने मितिको ३ महिना अघिसम्मको लेबी चुक्ता गर्नु पर्ने भएको छ ।
आईतबार २ बजेबाट सुरु भएको अन्तर्कृया कार्यक्रममा गत अगस्ट २ र ३ तारिक एमटीयुले  आयोजना गरेर लगिएको भ्रमण  बारेपनी केही समिक्षा भएको थियो,भने उक्त अन्तरकृया कार्यक्रमले अझै अधिबेशनको ससक्त तयारी आवश्यक पर्ने ठहर गर्दै यही सेप्टेम्बर २१ तारिक बैठक बस्ने निस्कर्ष निकाल्दै त्यसदिनको कार्यक्रम अपराह्न ४:३० बजे सम्पन्न भएको थियो ।

No comments:

Post a Comment