Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, June 1, 2014

दक्षिण कोरियामा स्थानीय निकायको निर्बाचन हुँदै

झबिन्द्र बेलबासे ,दक्षिण कोरिया 
दक्षिण कोरिया   यतिबेला स्थानीय निर्बाचनको संघार भित्र   छ |  कोरियाका  विभिन्न क्षेत्रहरु  तथा १६ नगर युनिटका  मेयर क्षेत्रिय गभर्नर  ,शिक्षा निर्देशक लगाएत  सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरुको आउदै  गरेको ४ जुन २०१४मा  हुने  चुनाबको अग्रिम चुनाब  सम्पन्न भएको छ|

दक्षिण कोरियाले  आफ्ना मतदाता हरुको सुबिधाको लागि  चुनाब हुनु अगाबै मे ३० र ३१ तारिकका  दिन देशभरका ३०५०६ निर्बाचन केन्द्रमा अग्रिम मतदान कार्यक्रम सम्पन्न  गरेको छ | धेरै  भन्दा  धेरै मतदाता हरुले आफ्नो  अधिकार प्रयोग गरुन  भन्ने  अभिप्रायले निर्बाचन ऐन २०१२ मा पुन: संसोधन  गरेर पहिलो पल्ट प्रयोग गरेको हो |  निर्बाचनका  दिन आफ्नो समय तालिका नमिल्ने  फुर्सद नपाउने  मतदाताले जुनसुकै  क्षेत्रबाट आफ्नो परिचय पत्र तथा फिंगर प्रिन्ट  चेक गरेपछि  आफ्नो अमुल्य  भोट दिन पाउने नियमले मत प्रतिशत  बढ्ने  निश्चित भएको छ | मतदाताले  दिएको  उक्त  मत मतदाताको स्थानीय क्षेत्रमा पठाएर  मुख्य निर्बाचनको  मतगणनाको साथ  गरिने भएको छ | अमेरिका  जापान , अस्ट्रेलिया जस्ता  देशहरुले  आफ्ना  बिदेशमा  रहेका नागरिकको लागि यस्तो प्रकारको  पद्दति  लागु गरेपनि  आफ्नै  देशभित्र   प्रयोग  गर्ने राष्ट्र दक्षिण कोरिया  पहिलो  बनेको  कोरियाका  समाचार हरुमा  जनाइएको  छ | निर्बाचन आयोग कोरियाका  अनुसार  पहिलो र दोश्रो दिन मे ३० र ३१  तारिकका  दिन कुल मतदाताको ५.५२ प्रतिशत मत खसेको जनाइएको छ |

सबैभन्दा  धेरै मतदाता रहेको ख्यांगी क्षेत्रमा गभर्नरको उमेद्वारमा हाल  सत्तामा  रहेको सेन्युरी पार्टीका तर्फबाट नाम-क्यून पिल  तथा न्यु नेसनल डेमोक्रेटिक  पार्टीका किम जिन प्यो बीच कडा प्रतिस्पर्धा देखिएको  छ  भने  सउल नगरपालिकाको  मेयर पदको लागिपनि  घम्साघम्सी परेको छ |कानुनविद मानिने चुंग मोङ्ग - सुन  सेन्युरी पार्टी र  अर्का डेमोक्रेटिक NPDFका  तर्फबाट पार्क वोन सून जो अति  धनाढ्य परिवारका  कहलिन्छन  हाल   हुन्डाई हेभी इन्डस्ट्रीका  अदक्ष्य र उनि  दाजुभाई  हुन|

अहिले  मुख्य प्रतिष्पर्धा भनेकै   राष्ट्रपति  पार्क -कुन –हे   जुन  सरकारमा  छ NPF अर्थात्  सेन्युरी पार्टी ( सेन्युरी दाङ्) र NPDF न्यु  नेसनल डेमोक्रेटिक पार्टी  अर्थात् ( मिन्जु दाङ् )बीचको  चुनाबी  भिडन्त हो | यो सम्पन्न  हुने चुनाबले  पार्क कुन हे सरकारकको सफलता अथवा कमजोरीको अग्नी परीक्षाका रुपमा  हेरिएको छ | पार्क –कुन-  हे को  सरकार  हाल २  वर्ष बिताइसक्दा  जनमानसबाट  कडा  बिरोध आएको बुझिएको र जसलाई हाल   पानीजहाज दुर्घटनाले  रुष्ट  बनाएको  बेला  यो चुनाबको लहर  मिन्जु दाङNPDF पार्टीको पकडमा   आउने सम्भाबना रहेको छ |

No comments:

Post a Comment