नमस्ते नेपाल कोरिया डट कम
दक्षिण कोरियाको जानसियोंग सहरस्थित योयाङ नामक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
३ सय ९७ शय्या क्षमता अस्पतालको दोश्रो तलाको ३०६ नम्बर शय्याबाट आगलागी सुरु भएको थियो । आगो करीब ३० मिनेट सम्म लागेको थियो l १० जनालाइ सुरक्षित निकालेको थियो भने ६ जना गम्भीर घाइते भएका छन् l
आगलागी हुन १ मिनेटअघि उपचार शय्यामा रहेका ८१ बर्षीय बृद्ध बाहिर निस्केको सीसीटीभिमा देखिएको प्रहरीले जनाएका छन् । उनलाई प्रहरीले एक घण्टापछि अस्पताल परिसरबाट पक्राउ गरेको छ । त्यहाँ ३५ भन्दा बढी बिरामी उपचारमा थिए । सो अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेमा २० जना बिरामी र एक जना नर्स रहेको योनहप न्युज एजेंसीले जनाएको छ ।
यसैबीच, दक्षिण कोरियाका राष्ट्रपति पार्क जियुनले घटनाप्रति माफी माग्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।
दक्षिण कोरियामा यो हप्ता भिषण आगलागी भएको दोश्रो घटना हो l यस अघि पनि बस स्टेशनमा आगलागी भएर ७ जनाको मृत्यु भएको थियो

No comments:
Post a Comment