नमस्ते नेपाल कोरिया संवाददाता
संस्थापक सेयर तथा अग्राधिकार सेयर दुबैमा एकै पटक आबेदन दिन पाइने
काठमाण्डौं–हेटौडा सुरुङमार्गको शेयर वितरण सम्बन्धि सेमिनार आउने सप्ताहअन्तमा वइजंबुमा तय भएको कुरा कोरियामा शेयर वितरणको जिम्मेवारी पाएको सस्था लिंक एशिया कं.लि. का प्रबन्ध निर्देशक आरपि देवकोटाले जानकारी दिनुभएको छ|
वइजंबु स्टेशन नजिकै रहेको उरी बैंकको सभा हलमा लगानी सम्बन्धि सेमिनार हुन गैरहेको हुदा त्यस क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरुलाई यो कार्यक्रममा सहभागी भएर लगानीको अवसरको बारेमा बुझ्न र लगानी गर्न अनुरोध गरिएको छ|
सेमिनारपश्चात् लगानी गर्न चाहाने व्यक्तिहरुले संस्थापक तथा अग्राधिकार शेयरधनी फारम पनि भर्न सक्नेछन। शेयर लगानी आवेदन दिंदा कम्तिमा रु.१ लाख बराबरको १ हजार कित्ता (१ कित्ता बराबर रु.१०० ) वा बढीमा आफ्नो इच्छाअनुसार दरखास्त दिन सकिनेछ । १४ जेष्ठ (२८ मे) का दिन नेपाल पुर्बाधार विकास क. लि. ले सार्बजनिक सूचना जारी गरि १०% प्रति वर्षको प्रतिफल सहितको अग्राधिकार सेयर पनि बजारमा ल्याएको हुनाले यस बारेमा सेमिनारमा बिस्तृत जानकारी गराइने छ| अग्राधिकार सेयर लगानीका लागि थप आकर्षक भएको हुदा लगानी प्रक्रियाको बारेमा बुझ्न र निबेदन दिन सेमिनार स्थलमा आगामी आइतबार सबैलाई उपस्थित भैदिनुहुन अनुरोध गरिएको छ|
स्थान: वइजंबु,
उरी बैंकको सभा हलमा (वइजंबु स्टेशन, गेट नं. २ बाट निस्केर २०० मि. सिधा अगाडी)
०१ जून (आइतबार)
समय: अपरान्ह १२.३० बजे
सम्पर्क: आरपी देवकोटा (०१० ५८७७ ५५१२) // सुदिप श्रेस्ठ (०१० २१८२ ६८७०)
आवश्यक कागजातहरु
१. नागरिकताको फोटो कपि १ प्रति
२. पासपोर्टको फोटोकपि १ प्रति
३. पासपोर्ट साइजको फोटो १ प्रति
४. नेपाल पुर्बाधार विकास कं. लि.को खातामा लगानी रकम जम्मा गरेको भौचरको प्रतिलिपि [फ्याक्स अथवा स्क्यान गरि इमेल मार्फत प्राप्त कपी]| पहिला निबेदन बुझाएर रकम जम्मा गरेको भौचरको कपी केहि दिन भित्रमा फ्याक्स, इमेल अथवा भाइबर बाट बुझाउन सकिन्छ)|
उरी बैंकको यस शाखा आइतबार खुल्ला रहने हुदा उरी बैंक तथा हिमालयन बैंकको खाता पनि खोल्न सकिन्छ|
थप जानकारीका लागिः
लिंक एसिया कं लि.,
सुवन स्टेशन
शेयर दरखास्त दिने अन्ति मितिः १५ जून २०१४
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२ (मोबाइल)
फोन नं।०३१–२४१–०९२०, ०७०–८८१८–१४१४
No comments:
Post a Comment