Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, May 28, 2014

कोरियन भाषा पास भएकाहरुले पनि फेरी परीक्षा दिन पाउने

कोरियाली भाषापरीक्षा उत्तीर्ण गरेर पनि चित्तबुझ्दो अंक ल्याउन नसकेका युवाले फेरि भाषापरीक्षा दिने अवसर पाउने भएका छन्। आगामी असोज १० र ११ गते परीक्षामा उनीहरूलाई पनि सामेल हुने मौका दिइने भएको छ।

रोजगार अनुमति प्रणाली (ईपीएस ) कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले आफूले चाहेअनुसारको राम्रो अंक ल्याउन नसकेका कोरिया जान आकांक्षी युवा असोजमा हुने भाषापरीक्षामा सामेल हुन पाउने जानकारी दिए।

तर रोस्टरमा रहेका युवा अहिलेको तालिकाअनुसार जान पाउने अवधि सकिएपछि मात्र नयाँ परीक्षाको प्राप्तांकअनुसार उनीहरू कोरिया जाने रोस्टरमा पर्नेछन्।

गतवर्ष असोजमा सञ्चालित भाषापरीक्षा उत्तीर्ण गरेका युवाको कोरिया जाने म्याद आउँदो पुस १५ सम्म छ। 'त्यसपछि मात्र उनीहरू आउँदो परीक्षामा प्राप्त गरेको प्राप्तांकका आधारमा नयाँ रोस्टरमा चढ्ने उनले बताए।

उनले भने, 'रोस्टरमा चढिसकेका युवाको तोकिएको समयसम्म पनि श्रमसम्झौता आएन भने यो वर्षको परीक्षामा पाएको अंकअनुसार पुन: अर्को वर्षको रोस्टरमा चढ्नेछन्।'

पुन: भाषापरीक्षामा सहभागी हुन चाहनेका लागि फर्म भर्ने मिति साउन २८ देखि ३१ गतेसम्म तोकिएको छ तर आउँदो वर्षको कोटा भने अहिलेसम्म निश्चित भइसकेको छैन। गतवर्ष आठ हजार ५१ जनाले कोरियाली भाषापरीक्षा पास गरेका थिए। उनीहरूमध्ये अहिलेसम्म तीन हजारभन्दा बढीको श्रमसम्झौता आइसकेको छ।

सरकारले खोलेका वैधानिक श्रम गन्तव्यमा नेपाली युवाको लागि दक्षिण कोरियामा सबैभन्दा आकर्षक वैदेशिक रोजगारीको गन्तव्य हो। हाल कोरियामा करिब २२ हजार नेपालीले काम गरिरहेका छन्। नेपाली विशेषत: कृषि र उत्पादनमूलक क्षेत्रमा काम गर्न ईपीएसमार्फत कोरिया जाने गर्दछन्। नेपालसहित १५ मुलुकका कामदारले ईपीएसअन्तर्गत कोरियामा काम गरिरहेका भए तापनि कोरियाले धेरै कामदार लिनेमा इन्डोनेसिया पहिलो र नेपाल दोस्रो स्थानमा पर्दछ।

कोरियाले सन् २०१४ मा नेपालबाट पाँच हजार सात सयजनासम्म कामदार लिन सक्ने सिलिङ दिएको छ तर बास्तोलाका अनुसार सन् २०१४ मा ६ हजारसम्म नेपाली युवा कोरिया जाने सम्भावना छ। कोरियामा नेपाली कामदारले न्यूनतम मासिक एक लाख रुपैयाँ कमाउन सक्ने भएकोले र सरकारी व्यवस्थाअन्तर्गत जाने भएकोले पनि बढी आकर्षक गन्तव्य भएको हो।

No comments:

Post a Comment