रमेश खावाजु - सउल, दक्षिण कोरिया |
दक्षिण कोरियामा मे २५ तारिक आइतबारका दिन किम्फोमा क्रियटिभ एमबिसन नेपाल (क्यान )द्वारा आयोजित नेपाली राजदुताबास दक्षिण कोरियाको एमआरपी राहदानी आबेदन संकलन घुम्ती सेवा सम्पन्न भएको छ l
कोरियाका नेपाली राजदुतबासको नेपाली राजदुत कमान सिङ लामा , उपनियोग राजाराम बर्तौला ,श्रम श्रहचारी अनिल गुरुङ तथा राजदुतावासका कर्मचारीहरुको उपस्थित रहेको घुम्ती सेवाले किम्फो वैगुकइन सेन्टरमा बिहान १० देखि साँझ ६ बजे सम्म नेपालीहरुको एमआरपी आवेदन संकलन गरिएका थिए l l यस एमआरपी आबेदन संकलन घुम्ती सेवामा कोरियाको विभिन्न स्थानहरुबाट आएका करिब २२४ जना नेपालीहरुले एमआरपी आवेदन बुझाएको क्यानका सल्लाहकार तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उप संयोजक उमेश बस्नेतले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l क्यान सल्लाहकार बस्नेतले नेपाली राजदुताबासले आइतबारको सार्बजनिक बिदामा पनि नेपालीहरुको आग्रहमा एमआरपी आवेदन संकलन गर्न धेरै नेपालीहरु बसोबास गर्ने कोरियाको विभिन्न स्थानहरुमा गएर घुम्ती सेवा प्रदान गर्ने कार्य निकै नै सकारात्मक गरेको पुन बताए l
त्यसै गरि एमआरपी आवेदन संकलन घुम्ती सेवा प्रदान गर्ने नेपाली राजदुताबास , घुम्ती सेवालाइ सहयोग गर्ने क्यानका सम्पूर्ण पदाधिकारीहरु तथा सल्लाहकार,एनआरएन कोरिया ,किम्फो वैगुकइन सेन्टर ,केइबी बैंक तथा अन्य सहयोगी साथीहरुलाइ क्यानका उपाध्यक्ष गजेन भट्ट ( प्रकाश ) ले धन्यबाद व्यक्त गरेका छन् l सो घुम्ती सेवामा किम्फो वैगुकइन सेन्टरका प्रमुख ,कर्मचारीहरु , एनआरएन कोरियाका अध्यक्ष बिनोद कुँवर तथा लब इन नेपालका अध्यक्षा कैलाश कार्कीको पनि उपस्थिति रहेको थियो l किम्फो एरियामा रहेका नेपालीहरुलाई मध्यनजर गर्दै सो घुम्ती सेवामा केइबी बैंकको खाता खोल्न सकने व्यवस्था पनि गरिएको थियो l
No comments:
Post a Comment