Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, May 26, 2014

कोरियामा साकेला भब्य रुपमा सम्पन्न ( फोटो फिचर सहित )

सनराइज राइ,दक्षिण कोरिया। 
किराती राइजातिहरुको महान पर्व यले सम्बत ५०७४ को साकेला उभौली दक्षिण कोरियामा पनि भब्यताको साथ सम्पन्न भयो ।

दक्षिण कोरियाको थोङ्देमुन नजिक रहेको दोङ्बाङसान ग्रीन पार्कमा २५ मे आइतबारको दिन किरात राइ यायोख्खा द कोरियाले आयोजना गरेको कार्यक्रम निर्धारित समय भन्दा केही ढिलो सुरु भएपनी अपेक्षित भन्दा दोब्बर गुणा बढीको बाक्लो उपस्थितिले साकेला पार्क भरिभराउ थियो । औपचारिक कार्यक्रम को सभापतित्व किराया  दक्षिण कोरियाको अध्यक्ष टिका राइले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपालको राजदुत महामहिम कमान सिङ लामाले गर्नुभएको थियो।  बिशेष अतिथिमा आदिबासी जनजाती महासँघ द कोरियाको अध्यक्ष भक्त सेरचन हुनुहुन्थ्यो भने अतिथिहरु एन सि सि को अध्यक्ष लोचन राइ,एन आर एन अध्यक्ष बिनोद कुवर,छाबी छिबका नेपाली बाबा,डा:किम जङ्सङ,सल्लाहकार ध्यान राइ,वुमन फोर वुमन कि अध्यक्ष जुनु गुरुङ साथै जातिय तथा छेत्रीय सस्थाहरु को प्रतिनिधिहरु रहनु भएको थियो।

प्रमुख अतिथिले दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेपछी सस्थालाई बिशेष योगदान पुर्याउने लोचन राइ,ध्यान राइ,एम टि यु का अध्यक्ष टिका राइ र शेषाहाङ राइलाई फेटा गुथेर सम्मान  गरिएको थियो। सम्मान कार्यक्रम पछी उपाध्यक्ष रविन राइले स्वागत मन्तब्य राख्नु भयो भने साकेला सम्बन्धी प्रकाश पार्दै सल्लाहकार दीपेन्द्र राइ र दिनेश राइले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अतिथीहरु  एन आर एन का अध्यक्ष बिनोद कुवर,महिलाको लागि महिलाकी अध्यक्ष जुनु गुरुङ,बिशेष अतिथी भक्त सेरचनले पनि किराती राइजातिहरुले आफ्नो भुमीदेव सुम्निमा र पारुहाङलाई भाकेर आफ्नो पित्रीहरुलाई सम्झना गरी मनाइने र अन्न बाली सप्रियोस भनी मनाइने यो पर्वको बिशेष महत्व रहेको बताउनु भएको थियो।

यसै गरी संसार भरिनै किराती राइजातिले मनाउने उभौली साकेलामा उपस्थित हुन पाउदा अत्यन्तै गर्व लागेको र राइ जातिहरुको बिभिन्न भेष- भुषा,भाषा आदी भएपनी साकेला उभौली-उधौलीले एउटै मालामा गासेर आफ्नो पहिचान, अस्तित्वलाई जिवितै राखिरहन ठुलो टेवा पुगेको कुरा प्रमुख अतिथी महामहिम राजदुत कमान सिङ लामाले बताउनु भएको थियो । त्यस्तै आफ्नो सस्कार -सस्क्रितीको सम्रक्षण हामी सबै मिलेर गरेमात्र पहिचान सँगै अस्तित्व पनि रहने कुरा बताउदै सभापति  टिका राइले औपचारिक कार्यक्रम अन्त्य गर्नु भएको थियो। दुई भागमा बाडिएको कार्यक्रमको पहिलो चरण समापन लगतै अनौपचारिक कार्यक्रम सिली ङोपाहरुबाट बिधिवत रुपमा ढोल झ्याम्टा बजाएर साकेला नाच सुरु गरिएको थियो ।
उक्त कार्यक्रम केही ढिलो सुरुभएपनी उपस्थित सबैले साकेला नाचेर खुबै मनोरन्जन गरेका देखिन्थ्यो भने उपस्थित कोरियनहरुले पनि किराती सस्कार कोरियन सस्कार सँग मिल्दो जुल्दो रहेको बताउदै प्रससा गरेका थियो । कार्यक्रममा अपेक्षित भन्दा बढी मानिसहरु उपस्थिती भएकोले ब्यबस्थापनमा अली समस्या भएको र पानी परेकोले केही समस्या भएपनी उपस्थित सबैले बेलुका ५:३० सम्म साकेला नाचेर रमाइलो गरेका थिए ।

No comments:

Post a Comment