Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, April 3, 2014

गीतकार सुर्य खत्री 'घायल'को म्युजिक एल्बम ‘पल पल’

झबिन्द्र बेलबासे  ,दक्षिण कोरिया
गीतकार  सुर्य खत्री  ‘घायल’ को  भर्खर मात्र बजारमा  आएको एल्बम  पल पल यतिबेला  निकैनै  चर्चाको बिषय  बन्न   पुगेको  छ | नेपाली  सांगीतिक आकासमा  दिन-प्रतिदिन  नया नया   गीत  तथा  म्युजिक  भिडियो  उत्पादन  नभएका त   होइनन तर  सबैको  मन मुटुमा  छुन  सक्ने शब्द लहरहरु यो  समयमा पूर्ण  गरिदिएका  छन्  सुर्य खत्री  ‘घायल’ आफ्नो  पहिलो  एल्बम  पलपल  बाट l

पलपल एल्बम  केहि दिन  अगाडी  काठमाडौँमा  नेपाली  सांगीतिक क्षेत्रका  धरोहर   दिप श्रेष्ठ,प्रेमध्वज प्रधान  तथा  निबर्तमान प्रधानमन्त्री  माधबकुमार नेपालको  हातबाट  एक भब्य  समारोहमा बिमोचन  भए लगत्तै  देश  तथा  विदेशबाट निकैनै  चाखपूर्ण  रुपमा  हेरिएको र माग  भएको  छ | पलपल  भित्र  जम्मा  ९  वटा   गीतहरु   समाबेस  गरिएका  छन् | सम्पूर्ण  गीतहरु घायल बाटै  रचना   गरिएका  हुन्   भने   बरिष्ट  संगीतकार   टिका  भण्डारीले  संगीतको  मधुर झंकार  दिनुभएको  छ |नेपाली गायन क्षेत्रका प्रख्यात गायक  तथा गायिकाहरु  सत्यराज  आचार्य , अन्जु पन्त , प्रमोद खरेल , शिब परियार , दीपक  लिम्बु , डेकेन्द्र  थापा  , बिकाश लिम्बु  ,संजीवनी  सिंह ,सुम्निमा  सिंह जस्ता  हस्तीहरु बाट  स्वरबद्ध एल्बमका गीतहरु  देशप्रेम ,माया प्रिती ,जीबन भोगाईका पाटाहरुमा अत्यन्तै सामिप्य  रहेका  छन् |

  हाल  दक्षिण कोरियामा  रहेर आफ्नो  ब्यस्त  समयको   बाबजुत   साहित्य ,संगीत र  कलामा गरेको योगदान लाई  हेर्ने हो भने  प्रसंसा योग्य  मान्न  सकिन्छ | भर्खर  एक  भेटघाट कार्यक्रममा   उहाँले साहित्यका  बिबिध विधामा  कलम  चलाएपनि  आफ्नो  डेढ दशकको साहित्यिक  उमेरमा  पल पल  गीतिसंग्रह लिएर आएको रआफुले के कति गरियो त्यो श्रोताको  इजलासले फैसला गर्ने रआफ्नो  सानो प्रयास मात्र भएको भन्दै सम्पूर्ण श्रेय कोरा अक्षरलाई मुर्तरुप दिएर श्रोताको कान सम्म पुर्याउने  आदरणीय बरिष्ठ  संगीतकार टिका  भण्डारी  तथा  सम्पूर्ण दिग्गज  स्वरका हस्तीहरुलाई जान्छ  भन्नु  भयो | अन्तर्मनको  भाबना पिडा कुण्ठा र भोगाई   गीत  कविता ,गज़ल आदि  आदि  भएर पोखिने रहेछ मात्र  न्वारान फरक  फरक  विधामा भएपनि  गीत पनि यसबाट  अछुतो  नरहने  बताउनुभयो |
‘खाने  मुखलाई  जुँगाले   छेक्दैन’   भनेझै प्रबासमा  रहेर  समस्याहरुलाई  चिर्दै  आफ्नै  लगानीमा एल्बम  निकाल्ने घायलका  कथा संग्रह  ‘एक चिहानको  चिता’ , गीति  संग्रह ‘खरुकी’ गजल  संग्रह ‘पलाँस’ जस्ता  कृतिहरु  प्रकाशन  भै सकेका  छन् l उहाले १००  भन्दा  बढी  मुक्तक   २  दर्जन  भन्दा  बढी  कविता   लेखिसक्नु   भएको  छ   l आहिले म्युजिक नेपाल बाट  बजारमा  आएको  पल  पल बाट अझै सबैमाझ  लोकप्रिय  बनाएको  छ |  अन्त्यमा पल पल  बाटै -
गंगालालको  जस्तो  मुटु होस्
साहस भक्तिको होस्
यस्तो सन्तान  जन्माउ  आमा
 रगत  बुद्धको  होस |

No comments:

Post a Comment