Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, April 2, 2014

आगामी छुसकमा धादिङ समाज कोरियाले भाग्यशाली चिट्ठा कार्यक्रम संचालन गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता -
कोरिया स्थित धादिङगेलीहरुको साझा संस्था धादिङ समाज कोरियाले आगामी छुसकमा  भाग्यशाली चिट्ठा कार्यक्रम संचालन गर्ने भएको छ l
२०१४ मार्च २३ तारिखमा बसेको कार्यसमितिको बैठकले आगामी छुसकमा आयोजना हुने सांस्कृतिक कार्यक्रमको अवसरमा जिल्ला सदरमुकाम धादिङवेसीमा सार्वजनिक शौचालय निर्माणको सहयोगार्थ भाग्यशाली चिट्ठा कार्यक्रम संचालन गर्न लागेको हो l धादिङ जिल्ला सदरमुकाममा हालसम्म एउटा पनि सार्वजनिक शौचालय नभएको हुंदा जिल्ला प्रशासन कार्यालय धादिङसंग हातेमालो गरि चिट्ठा कार्यक्रमबाट उठेको रकम शौचालय निर्माणको लागि प्रयोग गरिने कुरा सो संस्थाले  बताए


 एनसिसि मार्फत संस्थाको नाम दर्ता गराउने तथा  प्रथम पटक आयोजना गर्न लागिएको यस भाग्यशाली चिट्ठा कार्यक्रम संचालनको लागि कोरिया स्थित नेपालीहरुको छाता संगठन एनसिसि कोरिया मार्फत आवश्यक प्रकृया पूरा गरि संचालन गर्न लागिएको कुरा संस्थाका अध्यक्ष रामशरण भट्टले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए ।अध्यक्ष भट्टले स्थापनाकाल देखि नै कोरिया स्थित विभिन्न सामाजिक संस्थाहरुको गतिविधिमा सहभागी हुदै, धादिङ जिल्लाको  बृहत्तर सामाजिक हितमा समेत महत्वपूर्ण सहयोग एवं योगदान पुर्याउंदै आएकोले  धादिङ समाजको भाग्यशाली चिट्ठा कार्यक्रम संचालन कार्यमा कोरिया स्थित सम्पूर्ण नेपाली संघ-संस्था एवं समुदायहरुको सकारात्मक सहयोग एवं समर्थनको लागि समाजका अध्यक्ष रामशरण भट्टले बिनम्र अनुरोध गर्नु भएको छ।

No comments:

Post a Comment