किरण सैंजु ,दक्षिण कोरिया -
भक्तपुर समाज दक्षिण कोरियाले आउदो अप्रिल १३ तारिक आइतबारका दिन दोङदेमुनको लुम्बिनी रेष्टुरेन्टमा नवबर्ष २०७१ तथा बिस्केटजात्राको उपलक्ष्यमा नेवारी भोज तथा मनोरंजन कार्यक्रमका आयोजना गर्ने भएको छ l
नववर्षको आगमनसंगै सुरु हुने धार्मिक ,ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको महान चाड बिस्केट जात्रा भक्तपुर ,काठमाण्डौ ,ललितपुर तथा काभ्रे जिल्लामा नेवारी समुदायहरुले मनाउने गरिन्छ l लिच्छविकालदेखि सुरु भएको सो जात्रा भक्तपुर ,बोडे ,ठिमी, बुढानिलकण्ठ, धापासी, टोखा, फुटुङ, लेले, हाडीगाउँ, सुनाकोठी, टीकाभैरव, बज्रबाराही तथा साँगाका बासिन्दाहरुले नेवारी भोज खाइ धुमधामका साथ मनाइछ l नेवारी समूदायको अलगै पहिचान बोकेको नेवारी खानाको लोकप्रियता नेपालका बिभिन्न ठाउँहरुमा झन् झन् बढ्दै गइरहेको छ l दक्षिण कोरियामा पनि भक्तपुर समाजले नया बर्षको अवसरमा नेवारी खानाका पारखीहरुलाइ मध्यनजर गर्दै अनि आफ्नो जिल्लाको कला संस्कृतिको संरक्षण तथा प्रचार प्रसार गर्ने उदेश्यले पहिलो पटक यस बर्ष बिस्केट जात्राको सामुहिक नेवारी भोजको आयोजना गर्न लागेको सो समाजका अध्यक्ष रमेश खावाजुले बताए l अध्यक्ष खावाजुले दक्षिण कोरियामा बिस्केटजात्राको बेलामा पारिवारिक बिछोडको पिडा भोगिरहेका सबै साथीहरुसंगै बसी नेवारी भोज खाइ ,रमाइलो गर्दा साथीहरुको केहि पिडा कम हुने बताए l
दक्षिण कोरियामा आउदो अप्रिल १३ तारिकका दिन हुने नवबर्ष तथा बिस्केटजात्राको अवसरमा हुने नेवारी भोजमा पकाएको मासु ,चिउरा ,गेडागुडी ,आलु ,आलुतामा ,छोयला ,अण्डा , बारा ,जाड ,तथा अन्य परिकारहरु हुन् कार्यक्रम संयोजक तथा भक्तपुर समाजका कोषध्यक्ष राजमान प्रजापतिले बताए l संयोजक प्रजापतिले उक्त सामुहिक नेवारी भोजमा सहभागी भईदिनु कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नु भएको छ l
दक्षिण कोरियामा रहेका भक्तपुर जिल्लाका साथीहरु बीच आपसी सम्बन्ध विस्तार एवं सुद्द्ढ गर्दै पारस्परिक सहयोग अभिबृदी तथा आफ्नो जन्मथलोको पहिचानलाई उच्च बनाउन ८ महिना अघि “भक्तपुर समाज दक्षिण कोरिया” को स्थापना गरिएको हो । कोरियामा भक्तपुर जिल्लाका युवाहरुको समूह भक्तपुर समाजले यस अघि नेपाली कला संस्कृतिको संरक्षण गर्न नेपाली परम्परागत तरिकाले निधारमा रातो टिका अनि जमरा लगाएर दशैं कार्यक्रम गरेको थियो । यस बर्ष सन् २०१४ को सुरुवात संगै भक्तपुर समाजले पनि परोपकारी कार्यको पहिलो पाइलामा आर्थिक अभाबका कारण उपचार गर्न नसकेका भक्तपुरका तिम्ल्याहा शिशुका परिवार कोरियाबाट संकलित रु १ लाख ३८ हजार हस्तान्तरण गरेका थिए lआउदा दिनहरुमा पनि कोरियामा तथा नेपालमा विभिन्न परोपकारी कार्यहरु गर्ने , विदेशमा आफ्नो जिल्लाको कला संस्कृति संरक्षण तथा प्रचार प्रसारको लागि विभिन्न कार्यक्रमहरु गर्ने संस्थाका सचिब संजन जोन्छेले बताए l सचिब जोन्छेले आउदो दशैंमा टिका तथा तिहारमा देउसी खेल्ने कार्यक्रम पनि गर्ने पुन बताए l
कार्यक्रमको बारे बिस्तृत जानकारी
आयोजक : भक्तपुर समाज दक्षिण कोरिया
मिति : आइतबार १३ अप्रिल २०१४
स्थान : लुम्बिनी रेष्टुरेन्ट , दोङदेमुन ,कोरिया
समय : बिहान १० बजे
शुल्क : २०,००० वन ( सिट सिमित भएकोले सहभागी हुन् चाहने साथीहरुले हाना बैंक - 438 910405 21907 PRAJAPATI RAJMAN मा रकम जम्मा गरि Mobile 010 21538306 मा राजमान प्रजापतिलाइ फोन गरि आफ्नो नाम टिपाउनु हुन् अनुरोध गर्दछौ )
सम्पर्क
रमेश खावाजु 010 5924 5571
राजमान प्रजापति 010 21538306
मोहन सैंजु 010 5925 3085
कृष्ण मुस्यान 010 6487 7627
संजन जोन्छे 010 5924 2839
किरण सैंजु 010 5953 5814
राजेन्द्र कबु 010 8695 3335
सजनी शाखकर्मी
No comments:
Post a Comment