नमस्ते नेपाल कोरिया संवाददाता-
सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा आउदो मे महिनामा गरिने सेती-महाकाली खुल्ला भलिबल प्रतियोगिताको टाई सिट अप्रिलमा २७, प्रकाशित गरिने भएको छ l
अप्रिल ६ तारिकका दिन नमस्ते रेष्टुरेन्ट, दोङ्देमुनमा सुदूरपश्चिम समाज, दक्षिण कोरियाका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा बसेको बैठकले प्रथम सेती- महाकाली खुल्ला भलिबल प्रतियोगिताको टाईसिट आउदो २७ अप्रिलमा निकाल्ने निर्णय गरेको छ l सोही दिन शुल्क तिरेर भलिवल टीम दर्ता गराई दिन हुन सम्पूर्ण संघ संस्थाहरुलाई आव्हान गर्ने निर्णय गरेको छ । उक्त बैठकले प्रवासी भूमिमा समाजको मूल उद्देश्य परोपकारी काम रहेको निस्कर्ष निकाल्दै सामाजिक तथा हितकारी कार्यहरुमा सदैव तल्लिन रहदै सबै संघ, संस्थाहरुसंग सहकार्य गरेर अगाडि बढ्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गर्दै समाजले गरेका सामाजिक कामहरुमा पनि हातेमालो गरि दिन हुन सम्पूर्ण संघ,संस्थाहरुलाई अपिल गरेको छ ।मे, ४ मा सुदूरपश्चिम समाजले खुल्ला भलिबल प्रतियोगिताका साथै "आपतकालीन राहत कोष स्थापनार्थ" भाग्यशाली चिट्ठा कार्यक्रम पनि रहेको छ । आकर्षक सुनका महँगा- महँगा सिक्रीहरु र औँठी चिट्ठा कार्यक्रमको उपहार रहेका छन् । "परे उपहार न परे परोपकार"भन्दै समाजले कोरियामा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई एक- एकवटा चिट्ठा काटी दिन हुन अनुरोध गरेको छ । चिट्ठा लिन चाहनेहरुको समस्या र बिक्रि वितरणको समस्यालाई ध्यानमा राख्दै समाजले अन लाईन सेवा पनि चिट्ठा उपलब्ध गराईरहेको छ, यस सेवाका लागि समाजका जुन सुकै व्यक्तिलाई सम्पर्क गरि लिन सकिने छ । समाजले १० वटा चिट्ठा र भलिवल टीम दर्ता गरि सहयोग गरी दिने भन्ने चिठी सबै सस्थाहरुलाई पत्राचार गरी सकेको र कुनै संस्था छुट्न गएमा यसै समाचारलाई आधार मानी भलिबल टीम दर्ता गरि दिन हुन सादर अनुरोध गरेको छ । समाजले टीम दर्ता र टाईसिटका लागि सम्बन्धित संघ, सस्थाका अध्यक्ष वा प्रतिनिधि निम्न मिति, स्थानमा निर्धारित समय मै उपस्थित हुन हार्दिक अपिल गरिएको छ ।
मिति - २७ अप्रिल, २०१४ ,आइतबार
स्थान -पूजा रेस्टुरेन्ट , दोङ्देमुन
समय- बिहान ठीक ११ बजे
सम्पर्क व्यक्तिहरु
संयोजक - धर्मराज जोशी ०१० २७०४६६४९
अध्यक्ष -प्रेम शाह ०१० २५६४७७१७
सचिव - जीतेन्द्र महत ०१० ४९६८१४४९

No comments:
Post a Comment