Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 8, 2014

सेप्टेम्बर २६ र २७ मा ईपिएस भाषा परीक्षा हुने

देबेन्द्र सम्बाहाम्फे ,दक्षिण कोरिया -
दक्षिण कोरिया सरकारले  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँचौ भाषा परीक्षा एक बर्षभित्रै सञ्चालन गर्ने भएको छ । यहाँको मानव संसाधन विकास संस्था (एचआरडी) ले सोमबार  कार्यक्रम तालिका प्रकाशन गर्दै सो कुरा जनाएको हो । उसले नेपाललगायत ६ राष्ट्रको भाषा परीक्षा लिन लागेको हो ।

तालिका अनुसार जुलाई ३१ मा आवेदन आव्ह्रान गर्ने र अगस्त १३ देखि १६ सम्म चारदिन काठमाडौं, धरान र बुटवलबाट आवेदन लिइने योजना बनाइएको छ । त्यसैगरी सेप्टेम्बर २६ र २७ मा परीक्षा लिइने जनाइएको छ । तालिकामा कुन देशलाई कति कोटा दिइएकोबारे उल्लेख गरिएको छैन । औद्योगिक उत्पादन क्षेत्र र कृष क्षेत्रको अदक्ष कामदारका लागि लिइने परीक्षाको परीक्षाफल भने अक्टोबर १५ मा प्रकाशित हुने जनाइएको छ । पाँचौ भाषा परीक्षा उत्तीर्ण गर्ने उमेदवार २०१५ को कोटामा आउने छन् । यहाँको सरकारले डिसेम्बर अन्तिममा बार्षिक कोटा स्वीकृत गर्छ ।

गत बर्ष लिइएको चौंथो भाषा परीक्षाबाट उतीर्ण  भएका ८ हजार ७ सय २२ उमेदवारको माग बढेकाले पाँचौ भाषा परीक्षा संचालन गर्न लागेको सोलस्थित नेपाली दूतावासका श्रमसहचारी अनिलकुमार गुरुङले बताए । 'रोजगारदाताको माग यसरी नै बढे अर्को बर्षको रोस्टर खाली हुन्छ, त्यसैले भाषा परीक्षा अनिवार्य छ', उनले भने । ईपीएस शाखा नेपालका एक अधिकारीका अनुसार गत तीन महिनाभित्र  २७ सय भन्दा बढी उमेदवारको श्रम सम्झौता भइसकेको छ ।

कोरियाले साना तथा मझौला उद्योगहरुमा आवश्यक पर्ने कामदारको छनौट भाषा परीक्षामार्फत गर्दै आएको छ । यस्तो भाषा परीक्षामा सहभागी हुन आवेदक १८ देखि ३९ बर्ष उमेर समूहको हुनुपर्ने छ । साथै अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्रकानुनी रुपमा बसोबास नगरेको, आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने हुनु पर्दछ ।

सन् २००७ जुलाई ३१ मा नेपाल र कोरियाबीच एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवाहरु कोरिया आउन थालेका हुन् । हालसम्म ४ पटक कोरियन भाषा परीक्षा सञ्चालन भइसकेको छ भने करिब २२ हजार नेपाली युवाले रोजगारी पाएका छन् । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारहरु मेहनती र इमान्दार भएकाले रोजगारदाताको रोजाइमा पर्ने गरेका छन् । थोरै लगानीमा मासिक १ लाख बढी  रुपैयाँ कमाई हुने भएकाले कोरिया नेपाली युवाहरुको अकर्षक रोजगारस्थल बन्दै गएको छ ।

यसअघि २०१२ र १३ मा सबैभन्दा धेरै नेपाली युवा यहाँ आएका थिए ।


No comments:

Post a Comment