हेमन्त आचार्य ,दक्षिण कोरिया -
प्राकृतिक रुपमा धनी देश भएर के गर्ने भौतिक रुपमा सधै गरिब र बिपन्न भनेर विश्वमाझ चिनिनु पर्ने हामी नेपालीहरुको बाध्यता अब झन् बढेर झाँगिदै गइरहेको छ l श्रम सिप र पसिना बिदेशी माटोमा बगाउँदै दुई चार पैसा खल्तीमा आउँदा हामी आफैलाई गौरवान्वित भएको महसुस गर्न पुग्छौ आखिर के गरौ त ? विदेश नजाउ नेपालमा भोकभोकै मरिन्छ जाऊ आफ्नो देशको मायाले मुटु भक्कानिन्छ l परिवार,समाज ,इष्टमित्र र अध्ययनलाई चटक्कै छोडेर अर्काको देश बनाउन दु:खले गर्दा हामी आँखा चिम्लेर लागिरहेका छौ गरे हाम्रो देशमा जे पनी छ तर यँहाको बाताबरण हामी अनुकूल छैन / यँहाका राम्रा सिद्दान्त बोकेका तर व्यवहारमा एक प्रतिशत पनी लागू गर्न नसक्ने राजनीतीक दल हरुको खिचातानी र अस्थिर राजनीतीले गर्दा हामी नेपाली हरु अर्काको मुख ताक्न बिवश छौ l अब पनी यस्तै अबस्थामा हाम्रो देश् रहीरह्यो भने हाम्रो देश् नेपाल को नाम इतिहासमा सिमित रहने कुरालाई कसैले नकार्न सकिदैन l
भनिन्छ "मान्छे प्यारो हुदैन काम प्यारो हुन्छ " हामि नेपालीहरु परिश्रमी र मेहनती छौ l हामी कसैले लगाएको काम लगनशीलता का शाथ समयमै पुरा गर्छौ l त्यसैले होला श्रमसम्झौता भयका धेरै जसो देश हरूले नेपाली कामदारहरु अधिकतम मात्रामा भित्राएका छन् / आफ्नो देशमा श्रम र शिप पर्योग गर्ने ठाँऊ नपाएपछी बाँच्न र बचाउनको लागी विकल्पको रूपमा बाहिरी मुलुक रोज्नु हाम्रो लागि अपरिहार्य भइसकेकोछ / नेपालीहरु खाडी मुलुकहरुमा र छिमेकी देश् भारतमा धेरै पहिलेदेखि पसिना संग पैसा साट्दै आइरहेका थिए र छन् / तर पछिल्लो समय हामी परिश्रमी नेपाली हरुको लागी काम र दाम दुवै कुराले संतुस्ट पार्न सफल भइरहेको देश् को नाम हो दक्षिण कोरिया l
बैदेशीक रोजगारको आकर्षक गन्तव्य भनेर नेपालमा चिरपरिचित भइरहेको दक्षिण कोरियामा काम गर्ने नेपाली को संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ l बर्सेनी हजारौको संख्यामा नेपाली कामदारहरु पैसा कमाएर सम्पन्न परिवार बनाउने आशा बोकेर दक्षिण कोरियामा गइरहेका छन् र धेरै जसो नेपाली युवा युवती हरु जानको लागी बाटो कुरिरहेका छन् / कोरिया अन्य देश जस्तो सजिलोगरी जान पाईदैनतर इ.पी.एस. प्रणाली बाट नियमपूर्वक प्रक्रिया मिलाइ जानेहो भने सबै भन्दा सजिलो र सस्तो तरिकाले यहाँ पुग्न सकिन्छ / सरकारी कोटामा सम्झौता अनुसार गइने भएकोले यहा सुरक्षा ,रोजगारी,पारिश्रमीक लगाएत सबै कुराको ग्यारेन्टी हुन्छ / यँहा को सरकारले पसिनाको मूल्य बुझेर राम्रो पारिश्रमिक दिने भएकोले हाम्रो नेपाली परिवार बिस्तारै धनी बन्दै गाइरहेका छन् र यसले गर्दा रेमिटेन्स भित्रिदै गई प्रत्यछ रूपमा नेपालको अर्थतन्त्र लाई पनि फाईदा गरिरहेको छ / छोटो समयमा बढी नेपाली भित्र्याएर कोरियाले साच्चैनै नेपाल र नेपाली हरुलाई सम्पन्न बनाउदै लागिरहेको छ /वास्तवमा भन्ने हो भने केही हदसम्म यो कुरोलाई राम्रो मान्न सकिन्छ /
इ.पी.एस. प्रणालि अनुसार ४० वर्ष नाघेपछि कोरिया जान प्रतिबन्ध लगाइएको छ तर यसै प्रणालि मार्फत कोरिया गयका हाम्रा हजारौ नेपाली युवायुवतीहरु उमेर काटिसकेपछि पनि अझ धेरै धन कमाई सम्पन्न बन्ने आशामा अबैधानिक रुपमा लुकेर काम गरिरहेको पाइएकोछ / यस्तो नेपाली युवायुवतीको पलाएनबादी सोचले गर्दा यहाँ बैधानिक रूपमा प्रक्रिया पुराएर कोरिया जान इच्छुक बाटो कुरेर बसेका नेपाली कामदारहरु निरास बनिरहेका छन् र यस्ता कामदारहरु को संख्या दिननुदिन बडीरहेको छ / यस्तो अवस्थामा निर्धारित समय पुगेका हाम्रा नेपाली हरु कोरियामा सिकेको शिप नेपालमा आएर उधोग (कलकारखाना) खोलेमा यही पनी आत्मनिर्भर बन्न सकिन्छ भन्ने ज्ञान कामदारहरुमा आयो भने साच्चै पनी भावी नेपाल राम्रो बन्ने थियो / तर सधैभरी एस्तै चालारहीरह्यो भने कोरिया सरकारले नेपाली कामदारहरु प्रति नकारात्मक दृष्टिले नहेर्ला भनेर भन्न सकिदैन /यस्तो अवस्थामा नेपाल सरकारले अवैधानिक रुपमा बसेका नेपाली कामदारहरुलाई नेपाल बोलाउन कडाईका साथ् लग्नु पर्ने देखिन्छ / अबैधानिक कामदारको संख्या कोरियामा बढ्दैजाने हो भने रोजगारको आकर्षक गन्तब्य र बढी रेमिटेन्स भित्र्याइदिने सफल कोरिया मा नेपाल को लागि ढोका बन्द भयो भने देश्को भबिष्य के होला ! अब बस्ताब मा भन्नु पर्दा हाम्रो नेपाली कामदारहरुलाई कोरिया का कम्पनीले मनपराइ रहेको र कोरियन राजदुतले पनी आफ्नो कार्यकाल सकेर प्रधानमन्त्री सुशील कोइराला संगको भेटघाटमा नेपाली र नेपाली कामदार हरुको प्रसंसा गरिरहेको बेलामा नेपाली कामदारहरुको समस्या हल गर्न सहयोग गर्न स्थापना भएको कोरिया मा रहेको राजदूतावास को भूमिका खासै सराहनीय र प्रसंसनिय नभएको ले गर्दा येस्त्तो बाट नेपाल ले कस्तो किसिमको क्षति बेहुर्नु पर्ला यस्ता यावत सम्पूर्ण विषयमाथि नेपाल सरकारले बेलैमा सोचोस्
No comments:
Post a Comment