Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, April 11, 2014

कोरिया जाने नेपाली कामदारलाइ एमआरपी अनिवार्य गरिँदै

नमस्ते नेपाल कोरिया संवाददाता -
दक्षिण कोरिया जाने कामदारले अनिवार्य रूपमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) प्रयोग गर्नुपर्ने व्यवस्था नेपाल सरकारले लागू गर्ने भएको छ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले कोरियन भाषा परीक्षामा सहभागी हुन आवदेन फारम भर्दा मेसिन रिडेबल पासपोर्ट पेस गर्नुपर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।‘अहिलेको योजनाअनुसार काम भए आगामी वर्षदेखि नै एमआरपी अनिवार्य गरिनेछ l

पाँचौं चरणअन्तर्गत कोरिया जान आगामी साउनको पहिलो साता आवेदन फारम खुला गर्ने तयारी सरकारले गरेको छ। अहिलेको योजनाअनुसार काम भए सोही फारम भर्दा नै आवेदकले एमआरपी पेस गर्नुपर्नेछ।दक्षिण कोरियामा कामदार पठाउनेसम्बन्धमा सुझाउ दिन गठित कार्यदलले पनि एमआरपी लागू गर्न सिफारिस गरिसकेको छ। यो कार्यदलको सिफारिसलाई समेत आधार मानेर सरकारले काम गर्न दक्षिण कोरिया जाने कामदारले मेसिन रिडेबल पासपोर्ट प्रयोग गर्नुपर्ने व्यवस्था गर्न लागेको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ नोभेम्बर २४ देखि संसारभर अनिवार्यरूपमा एमआरपी लागू गर्नुपर्ने निर्णय गरिसकेको छ।आइकाओको निर्णय कार्यान्वयन गर्न समेत सजिलो हुने गरी सरकारले कोरिया जाने कामदारका लागि एमआरपी अनिवार्य गर्न लागेको हो। हस्तलिखित राहदानीलाई आधार मानेर फारम भर्दा थुप्रै गल्ती कमजोरी भेटिएपछि एमआरपी बनाउनैपर्ने व्यवस्था गर्न लागिएको हो।
हस्तलिखित राहदानीलाई अन्तर्राष्ट्रिय स्तरबाटै विस्थापित गर्ने तयारी भएकाले पनि एमआरपी बनाउन प्रोत्साहित गरिएको सम्बद्ध अधिकारीले जानकारी दिएका छन्।

दक्षिण कोरिया नेपाली कामदारको आकर्षक गन्तव्य हो। कोरियामा सरकारले नै कामदार पठाउने गरेको छ। ईपीएस प्रणालीमा कोरियाले निजी क्षेत्रसँग सम्झौता गरेर कामदार लिँदैन। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट कामदार लिने गरेको छ।नेपाली कामदार कोरियन रोजगारदाताको छनोटमा पर्दै आएका छन्। आगामी वर्षका लागि पाँच हजार सात सयजनासम्म नेपाली कामदार लिन सक्ने सिलिङ कोरियाले निर्धारण गरिसकेको छ।

गत वर्ष पाँच हजारभन्दा बढी भाषा परीक्षा पास गरेका थिए। नेपालले सन् २००८ देखि ईपीएस प्रणालीअनुसार दक्षिण कोरियामा कामदार पठाउन थालेको हो।कोरियामाकृषि र उत्पादनमूलक क्षेत्रमा नेपाली कामदारको माग बढी छ। सरकारले नै कामदार पठाउने भएकाले ठगिने डर नहुने, कम लागत खर्च र आकर्षक तलब पाइने भएकाले कोरिया जान युवाको आकर्षण बढ्दो छ।

No comments:

Post a Comment