Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, April 6, 2014

"गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष' द्वारा नेपालमा राहत वितरण

बुद्ध गौतम ,दक्षिण कोरिया -
"गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष' परिवारबाट नेपालको असहाय  अनाथ बालबालिकाहरुलाई पठन पाठनको लागि प्रारम्भिक चरणको राहत वितरण गरेका छौं l

केहि समय अघि बिभिन्न कारणबाट चरम आर्थिक अभाब झेल्नु परेका र अबिभाबक समेत गुमाएर  बेसाहारा बन्न पुगी पठन पाठनबाट समेत पुरै बन्चित हुन पुगेका ईलाम,रामेछाप र सप्तरीका गरि ८ जना अनाथ बालबालिकाहरुको लागि हाम्रो यस "गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष" को तर्फ बाट पठन पाठनको लागि टेवा पुगोस भन्ने मनसायले यहि शैक्षिक सत्रबाट प्रारम्भ गर्दै नियमित सहयोग गर्दै जाने भनि निर्णय गरेका थियौ l जसमा स्कुल ड्रेस देखि लिएर   स्कुल ब्याग,कापी कलम, बुरुस मन्जन र चप्पल हुदै हरेक बर्ष  दशै दशैमा एक एक जोर नया कपडा पर्छन/ स्कुल ड्रेस खरिदको लागि प्रति व्यक्ति ५००, स्कुल ब्याग खरिदको लागि २५० र स्टेसनरी, चप्पल, बुरुस मन्जन आदि आदि खरिदको लागि मासिकी रुपमै २०० को दरले दिने त्यसै गरि हरेक बर्ष  दशैँ दशैमा नया पोसाक खरिदको लागि समेत जनही ५०० को दरले दिदै जानेछौं l  तर यो पैसा त्यो सबै खरिदको लागि पुरापुर यथेस्ठ नभए  पनि केहि राहत हुने हामीले आसा गरेका छौ l यो राहत तिन तिन महिनाको एक मुस्ट गरि पठाइने छ, अहिलेको लागि सिधै अबिभाबक या संरक्षकको हातमा परे पनि स्कुलको रोहबरबाट वितरण हुने र पछिका दिनहरुमा सिधै स्कुलबाट नै वितरण हुने ब्यबस्था हामि मिलाउदै जानेछौ /


अहिले पठाएको राहतहरु

१) उतरी जमुना २ ईलाम, ९ बर्षिय मौसम भट्टराई र ५ बर्षिय अर्चना भट्टराई,
५ जना सदस्य रहेको एक भट्टराई परिवारमा बुबा इश्वरी भट्टराइ दुवै हातको अपांग, आमा रुपा भट्टराइ दुवै खुट्टाको अपांग र फुपु दिदि चन्द्र कला भट्टराई सुस्त मनस्थितिको बहिरो भए  पछी त्यस परिवारका अन्य २ बालबालिका नौ बर्षिय मौसम र ५ बर्षिय अर्चना पढ्दै गरेको स्कुल बाट समेत खर्चको अभाबमा बन्चित हुनु परेको तितो यथार्थ ईलामबाट प्रकासित कान्तिपुर पत्रिकाबाट आए  पछी हामीले त्यसलाई बुझ्दै जादा सम्बन्धित ठाउ सम्म यानेकि पिडित ईश्वरी भट्टराई (९८४२-७४४४००) र उहाहरुको देखपाल कर्ता विप्लब भट्टराई (९८५२-६८०२३३) समक्ष फोन मार्फत पुग्यौ र बास्तबिक जानकारी अझ दुख दायक भएको उहाहरुबाट बुझे पछी हामीले सहयोग गर्ने बचन दिएका थियौ l त्यहि अनुरुप त्यहाका २ बालबालिकाको लागि अहिलेको परम्भिक चरणको सहयोग स्कुल ड्रेस प्रति व्यक्ति ५०० को दरले दुई जनाको लागि १०००, स्कुल ब्याग प्रति व्यक्ति २५० को दरले दुई जनाको लागि ५०० त्यसै गरि यहि बैसाख देखि अर्को तिन महिना सम्म यानेकि असार सम्मको लागि हरेक महिनाको प्रति व्यक्ति २०० को दरले १२०० गरि एक मुस्ट नेपालि २७०० (दुई हजार सात सय) त्यसको कोरियन वन १०.७० को रेटले २८,८९० (अठ्ठाइस हजार आठ सय नब्बे) पर्न आयको थियो/ उक्त सहयोग हाम्रा कोषका अभियन्ता आदरणीय धर्म राज जोशी ज्युको रोहबरबाट गएको थियो /


२) रामेछाप ३ गुन्सी भदौरेका, ९ बर्षिय बबिता गौतम र ७ बर्षिय कबिता गौतम भएको
चार जनाको परिवारमा बुबा मान बहादुर गौतम र आमा चन्द्र माया गौतमको आफ्नो आर्थिक आबस्था अत्यन्तै नाजुक भई सुरुका दिनमा ज्याला बनि गरेर जसो तसो गुजारा टार्दै आयका भय पनि पछिल्ला दिनहरुमा उनीहरुमा पुरै कुमति लागेर अनियमित जाड रक्सि सेबन र छाडा प्रबितिले भएको जो धनमाल जायजेथा सबै निमिट्यान्न पारि काठ्मान्डु जोरपाटीमा सानो टहरामा डेरा गरि मुन्टो लुकाउदै आएका थिए तर त्यहा पनि उनीहरुको त्यस्तो हर्कत नरोकिए पछी बुबा रिक्सा चलाउने र आमा ज्यामी काम गरेर ल्याएको पैसा चुलोमा भान्सा पाकेर ति दुइ बच्चीहरुको मुखमा माढ लाग्नु भन्दा भट्टीमा खाएर सिध्याउदै प्रचलनले ति बच्चीहरु दिनानु दिन दयनिय  बन्दै गैरहेका थिए  अझ त्यति मात्र नभएर कहिले काहि त आफुहरु अत्याधिक जाड रक्सीले बेहोल अबस्थामा खुल्ला सडकमै रात बिताउने र कयौ दिन सम्म बाहिर बाहिरै पालै पालो हराउने प्रबित्तिले ति बच्ची हरु खानै बेगर मर्ने अबस्था देखीए  पछी उनीहरुको नजिकको मान्छे हरि चौलागाई (९८१८-१७९८८१) ले ति बच्चीहरुलाई आफ्नै गाउ गुन्सी भदौरे रामेछापमा लगेर आश्रय दिदै आएका छन् तर त्यहा पनि उहाको आफ्नै स्थिति अत्यन्तै नाजुक भएको कारण स्कुलको छेउ छाउमा सानो चिया पसल गर्दै आउनु परेको सुनाउछन् / दुखको कुरो अझ सम्म ति बालिकाहरुले पढ्न पाएका छैनन् जुन हामीले सहयोग गर्छौ भने पछी चाहि स्कुल पठाउने गरेको उहाहरुले जानकारी दिनु भएको छ तसर्थ हामीले ति दुइ बालबालिकाहरुको लागि पनि माथि उल्लेखित गरे जस्तै हरेक जोडेर त्यसमा आगामी तिन महिना सम्मको लागि नेपालि २७०० (दुई हजार सात सय) पर्न आएको थियो त्यसको कोरियन वन १०.७० को रेटले २८,८९० रामेछाप गुन्सी भदौरेका हाम्रो यस कोषका अभियन्ता आदरणीय दिलिप चौलागाईं ज्युको रोहबरबाट हामीले पठाएका थियौ उक्त राहत पनि सम्बन्धित व्यक्तिको हातमा पुगिसकेको जानकारी आएको छ/


३) सप्तरी रायपुरका ३२ बर्षिय राज कुमार यादब र उनकी २९ बर्षिय धर्म पत्नी लिला देबी यादबको सडक दुर्घटनामा परि मृत्यु  भए  पछी उक्त परिवारमा रहेका सात जना बालबालिका पुरै बिचल्लीमा परेका भन्ने खबर कान्तिपुर पत्रिकाबाट आए पछी त्यसलाई पनि हामीले फोन मार्फत तुरुन्त बुझ्दै  जादा ३ बालबालिका  चाहि अन्य संस्थाले उद्दार गरिसकेको र बाकि रहेका चार बालबालिकाहरु खान लगाउन र आधारभूत पठन पाठन बाट समेत बन्चित अबस्थामा रहेको भनि स्थानीय समाजसेबी दिनेस यादब ज्यु (९८४२-८२३०१६) बाट जानकारी भए  पछी त्यस क्षेत्र आसपासमा रहनु हुने हाम्रो कोषको अभियन्ता आदरणीय कल्पना राई ज्युको बुबा कृष्ण बहादुर राईलाई बुझ्न लगाउदा पनि समाचारमा आए  भन्दा सत्य तथ्य अझ दयनीय रहेको भन्ने भए  पछी हामीले ति चारै जना बालबालिका लागि पठन पाठनको लागि सुचारु होस् भन्नको खातिर माथि भने बमोजिम मासिकी रुपमै सहयोग गर्दै जाने भनि निर्णय गरेका थियौ /
त्यहि अनुरुप हिजोको दिन यहा कोरियामा हुनु भयकि हाम्रो यस कोषको अभियन्ता आदरणीय कल्पना राई ज्यु को मार्फतबात  पठाइएको थियो /
त्यहाका चार जना बालबालिकाको लागि प्रारम्भिक चरणमा स्कुल ड्रेस, स्कुल ब्याग,कापी कलम,बुरुस मन्जन चप्पल आदि खर्चको लागि जनही मासिक २०० को दरले तिन महिना सम्मको ४ जनाको लागि २४०० र स्कुल ड्रेसको लागि जनही ५०० र स्कुल ब्यागको लागि जनही २५० को दरले ४ जनाको लागि ३००० गर्दा जम्मा ५४००० (पाच हजार चार सय) नेपाली रुपैया हुन गयको थियो त्यसलाई कोरियन वन १०.७० को रेट अनुसार ५७७८० हुन गयको थियो/

हाम्रो कोषमा जम्मा हुन पुगेको रकम २६,७६,६०९ (छब्बीस लाख छ्यतर हजार छ सय नौ) कोरियन वन थियो त्यसमा तिनै तिर पठाइयको राहतको जम्मा रकम १,१५,५६० (एक लाख पन्ध्र हजार पाच सय साठी) कोरियन घट्दा २५,६१०४९ (पच्चीस लाख एक्साठी हजार उनन्चास) कोरियन वन अब हाम्रो कोषको खातामा रहेको जानकारी गराउदछु /


र आज सम्म हाम्रो यस कोषमा नियमित गर्दै जाने अभियन्ता साथि हरु २२ जना पुगी सक्नु भयको जानकारी गराउदछु /

*अभियन्ता साथिहरु* .....

१) अर्जुन भुसाल          (गैडाकोट-५, नवलपरासी)    082-10-469-81470
२) सिभ प्रसाद भट्ट       (काहुले-९, नुवाकोट)           082-10-303-72344
३) हरिसरण न्यौपाने     (फिकुरी-६, नुवाकोट)          082-10-216-41666
४) कल्पना राई "खुसि"   (चरिकोट-१, दोलखा)          082-10-687-04934
५) गङ्गा पौडेल "सुभ"   (तोप्गाच्छि-८, झापा)          082-10-686-58348
६) धर्म राज जोशी         (बेल्डाडी-७, कंचनपुर)          082-10-270-46649
७) दिल बहादुर जलारी "पासा" (कास्की-७, पोखरा)       082-10-290-16080
८) रमेश गौतम           (लखनपुर-५, रामेछाप)            082-10-469-87517
९) दिलिप चौलागाईं      (गुन्सी भदौरे-३, रामेछाप)       082-10-256-04443
१०) बिर बहादुर तोलाङ्गे "रमेश" (भोट्सिपा-८, सिन्धुपाल्चोक) 082-10-216-38757
११) बिक्रम श्रेष्ठ           (लेखानी-२, घुर्मी,उदयपुर)       082-10-869-46846
१२) ब्यास मुनि अधिकारि(मात्तिम-१ प्रिस्टि, खोटाङ्)      082-10-486-92305
१३) रेशम ढकाल           (पन्च्मुल स्याङ्जा)                 082-10-726-52050
१४) अनिल के.सी          (मुकुन्दपुर-९, नवलपरासी)       082-10-646-15345
१५) बिनोद कुमार थापा  (काहुले-१, नुवाकोट)        
१६) पुस्कर कुवर           (हुती-२, दार्चुला)                    082-10-314-50420
१७) महेस बज्गाई          (प्रतापपुर-७ खरौला, कैलाली)
१८) जनार्दन तिमल्सिना    (लखनपुर-४, रामेछाप) 082-10-595-85040
१९) तोयानाथ चौलागाईं     (चौरी पोखरी, काभ्रे)      082-244-55522
२०) टंक राज खड्का          (यसम-३, ओखलढुंगा)  082-10-440-08371
२१) शारदा भुषाल "झा"  (बनौली दनौली-५, महोतरी)  977-9854-030820
२२) बुद्ध गौतम              (लखनपुर-५, रामेछाप)            082-10-314-58687


*सहयोगी साथिहरु*......

१) उपेन्द्र अर्याल    (गुल्मी)
२) रामहरी न्यौपाने (नुवाकोट)
३) तारा आचार्य      (पाचथर)
४) निरन् गुरुङ       (काठमान्डू)
५) अन्जन श्रेष्ठ     (गोर्खा)
६) कमल भुसाल    (गोर्खा)
७) कपिल ढुंगाना    (टाकुरा नुवाकोट)
८) जगत बहादुर कार्की (पर्बत)
९) गणेश बि.के        (बुटवल परोहा-रुपन्देही)
१०) सालिक राम पाण्डे (हर्मी चौर-३, तल्ला पोखरा गुल्मी)
११) निरज बोहोरा        (गोर्खुटार-३,नुवाकोट)
१२) सान्ति राम अधिकारि (उर्लाबारी-१, मोरंग)
१३) दिपक मरासिनी        (मेरङ्-८, अर्घाखाची)
१४) राज संसार श्रेष्ठ        (स्याङ्जा बजार)
१५) अरुण श्रेष्ठ "EPS छिन्गु" (भोट्सिपा तीनधारा,सिन्धुपाल्चोक)


कृपया यहाँहरु पनि यस कोषको महान एबं रास्ट्रिय अभियानमा सामेल भयर जुन सुकै रुपले सहयोग पुर्याउन चाहानु हुन्छ भने त्यसको लागि सम्झनुहोस .००८२-१०-३१४५८६८७/ अथवा buddha_gautam20@yahoo.com/ अथवा माथिको जुनसुकै अभियन्ता साथिहरुसग सम्पर्क गर्न सक्नु हुनेछ /

स्मरण रहोस, यो अभियान यस्ता केहि सिमित बालबालिकाको लागि सहयोग गर्नुमा मात्र केन्द्रित नरहेर पछी नेपाल गइसके पछी यसको अलवा अर्को बृहत रुपमा एउटा अनाथलय खोल्ने योजना छ जसमा कम्तिमा पनि १०० जना त्यस्ता सडक तथा अनाथ बालबालिकाहरुको लागि सजिलै आश्रय दिन सकियोस भन्ने हाम्रो अभिप्राय  हो l त्यसकारणले  यसमा कम्तिमा पनि १०० जना जस्तो अभियन्ता र त्यो भन्दा बढी सहयोगी साथि हरुको सहयोगी हातहरुको आबस्यकता छ / कृपया यस पुनित कार्यमा सबैले साथ् दिनु हुन हामि हार्दिक आग्रह गर्दछौ /

......धन्यबाद !

"गरिब तथा अनाथ बालबालिका संरक्षण अक्षय कोष परिवार"

No comments:

Post a Comment