Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, April 8, 2014

कोरियामा नेपाली कामदारहरु परिश्रमी र बौद्धिक रहेको - कोरियन राजदुत इल डो किम

प्रधानमन्त्री सुशील कोइरालासँग गणतन्त्र कोरियाका राजदूत इल डो किमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिदाई भेट गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले राजदूत किमलाई नेपालको कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई दिँदै शान्ति, स्थायित्व, विकास र प्रजातन्त्र आफ्नो सरकारको प्राथमिकता रहेको धारणा राख्नुभयो ।

उहाँले नेपालबाट जलविद्युत, पर्यटन, कृषि र जडिवुटीजन्य वस्तुहरूको निर्यातको सम्भावना अधिक रहेकाले यी क्षेत्रहरूमा कोरियन लगानी बढाउन आग्रह गर्नुभयो । उक्त अवसरमा राजदूतले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट पूर्ण सहयोग पाएको बताउँदै नेपाल बसाइ सुखद् रहेको बताउनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
राजदूत किमले कोरिया र नेपालबीच नागरिकस्तरमा पनि सौहार्दपूण सम्बन्ध भएकाले हरेक वर्ष करिब ३० हजार कोरियाका नागरिक पदयात्रा र बुद्धको जन्मस्थल भ्रमणका लागि नेपालमा आउने गरेको उल्लेख गर्नु भएको छ । भेटमा राजदूतले इपिएस प्रणालीमार्फत कोरियामा काम गरिरहेको नेपाली कामदार परिश्रमी र बौद्धिक रहेको बताउँदै पर्यटन, कृषि र जलविद्युतको क्षेत्रमा कोरिया लगानी गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।
आजै, प्रधानमन्त्री कोइरालासँग इसिमोडको तीनदिने कार्यक्रममा नेपाल भ्रमणमा रहनुभएका चिनियाँ एकेडमी अफ साइन्सका अध्यक्ष बाई चुन्लीको प्रतिनिधिमण्डले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट ग-यो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूतसमेतको उपस्थिति थियो ।
सो भेटमा अध्यक्ष चुन्लीले आफ्नो संस्थाको गतिविधिका बारेमा संक्षिप्त जानकारी गराउँदै नेपालको जलविद्युत, पर्यटनमा लगानी बढाउन र सञ्चार, विज्ञान प्रविधिमा ज्ञान हस्तान्तरणमा गर्न चीन इच्छुक रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीले चीनको आर्थिक विकासबाट आफू धेरै नै प्रभावित रहेको उल्लेख गर्दै चीनले विकास निर्माणमा गरेको सफलताबाट नेपालले पनि सिक्नुपर्ने कुरा बताउनुभयो । साथै, कृषि, सञ्चार, पर्यटन र जलविद्युतको क्षेत्रमा चीनको लगानी बढाउन आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको कुरामा आश्वस्त रहनसमेत आग्रह गर्नुभयो । उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल चीनबीचको द्वीपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन समय–समयमा दुवैतर्फका उच्चस्तरीय प्रतिनिधिमण्डको भेट हुनुपर्नेमा जोड दिँदै नेपालको शान्ति प्रक्रियामा चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभयो ।
आजै प्रधानमन्त्री सुशील कोइरालासँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक योसितेरु उरामोटोले पनि शिष्ट्राचार भेट गर्नुभयो । भेटमा क्षेत्रीय निर्देशक उरामोटोले श्रमिकको हक अधिकार, व्यावसायिक सुरक्षा, बालश्रम उन्मूलन र आप्रवासी व्यवस्थापनको विषयमा चर्चा गर्नुभयो ।
रोजगारीको सिलसिलामा विदेशमा काम गर्न जानेहरूका लागि दक्षता अभिवृद्धि गर्न आइएलओले सीप विकास तालिमसम्बन्धी कार्य गर्दै आएको कुरा समेत उहाँले जानकारी गराउनुभयो । भेटमा प्रधानमन्त्री कोइरालाले श्रमसम्बन्धी कानुनमा आइएलओले दिएका निर्देशन र अभिसन्धिबमोजिम आवश्यक सुधार भइरहेको बताउनुभयो

No comments:

Post a Comment