बाबुराम पोख्रेल(भान्जावावु) |
तिम्रो मेरो आँगनिमा जुन एऊटै होला
बिछोडको गित बेग्लै धुन एऊटै होला
आज तिम्रो मेरो भान्सा फरक भएपनि
तिम्ले खाने मैले खाने नुन एऊटै होला
मन मुटु एकै भन्थ्यौ आज तोड्यौ तिम्ले
तिम्रो काटे मेरो काटे खुन एऊटै होला
पैसा ठुलो मानि गयौ आखिर छाडि किन
गरिबलाई पितल र सुन एऊटै होला
बाबुराम पोख्रेल(भान्जावावु) ,दक्षिण कोरिया
No comments:
Post a Comment