सुरज गरुङ्ग-सउल, दक्षिण कोरिया |
नेपाल बौद्ध परिवार कोरियाले २५५८ औं बुद्ध जयन्तीको अवसरमा यहि अप्रिल २६ मा मनाउन गईरहेको लोटस लालर्टिनको भोलिपल्ट २७ तारिख आईतवारमा हुने बौद्ध सम्बन्धी प्रदर्शनी मेलाको स्टलमा नेपाली खानाको परिकार राख्ने बारेमा छलफलका लागि सम्पूर्ण होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुलाई आह्वान गरेको छ । बिगतका वर्षहरुमा परिवारको आफ्नै आयोजनामा सो खानाको स्टल राखी बिक्री वितरण गर्दथ्यो भने, गत १३ तारिख आईतवारका दिन परिवारका अध्यक्ष ईश्वर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले यस पालिको मेलामा झोगेसाबाट उपलब्ध हुने दुई वटा स्टल भध्ये एउटामा नेपाली खानाको परिकार राखी विक्री वितरण गर्नका लागि होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुलाई दिने निर्णय गरेको हो ।
यहि अप्रिल २६ मा आयोजना हुने फेस्टीभलमा बुद्धको जीवनीसंग सम्बन्धित विभिन्न प्रमाणहरुलाई रथारोहणका साथ नेपालको प्रतिनिधित्व गर्दै भव्य रुपमा सहभागिता जनाउन होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुबाट पनि उल्लेख्य सहयोग हुने भएकोले झोगेसा अगाडिको प्राङ्गाणमा हुने उक्त बौद्ध प्रदर्शनी मेलामा नेपाली खानाको परिकार विक्री वितरण गर्नका लागि सो निर्णय गरेको कुरा अध्यक्ष गुरुङ्गले बताउनु भएको छ । साथै यस सम्बन्धी थप छलफल गरि निर्णय गर्नका लागि एन.बी.एफ. ले सम्पूर्ण होटल तथा रेष्टुरेण्ट व्यावसायीहरुलाई तपसिल बमोजिम उपस्थित हुनका लागि अनुरोध गरेको छ ।
मिति: २०१४ अप्रिल २० तारिख आईतवार
समय: साँझा ५ बजे
स्थान: पुजा रेष्टुरेण्ट (दोङ्गदेमुन)
सम्पर्क: ०१०–६७०७–१९६६

No comments:
Post a Comment