ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया, ।
दक्षिण कोरियाको दक्षिण पश्चिमी सुमद्री क्षेत्रमा ४ सय ७५ जना यात्रु लिएर गइरहेको पानीजहाज डुब्दा ३जनाको मृत्यु भएको छ भने २ सय ९२ जना अझैं हराइहेका छन् । हराएकाहरुको खोजीकार्य जारीरहेको कोरियाको सञ्चारमाध्यमहरुले जनाएका छन । सो पानीजहाजमा ३सय २५ जना स्कुले विधार्थी समेत रहेका थिए । योनह्याप न्यूजका अनुसार १ सय ६४ जनाको उद्धार गरिएको छ भने २सय ९२ जनाको खोजी जारी रहेको बताइएको छ ।
कोरिया सरकारले भने बिहान ३ सय ६८ जनाको उद्धार गरिएको बताएपनि गन्न गल्ति भएको बताएको छ ।जहाजमा धेरैजसो इन्छनबाट दक्षिणी जेजु टापुतर्फ गइरहेका स्कूले विद्यार्थीहरु रहेको बताइएको छ । उद्दारमा विभिन्न जहाज, हेलिकप्टर , तटीय सुरक्षागार्डहरु सक्रिय रहेको अधिकारीहरुले जनाएका छन् ।कोरियाका राष्ट्रपति पार्कले खोजी कार्य तिब्र पार्न आदेश दिएका छन ।दुर्घटनाको कारण पत्ता लागिसकेको छैन ।

No comments:
Post a Comment