Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 18, 2014

कोरियामा थकालीहरुको तोरन्ल्ह कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

रमेश खावाजु , दक्षिण कोरिया -
" थकाली संस्कार र संस्कृतिको जगेर्ना गरौँ "भन्ने नाराका साथ थकाली सेवा समाज (थसेस )कोरियाद्वारा मार्च १६ तारिक  आइतबारका दिन सउलमा  आयोजित   " तोरन्ल्ह पर्व २०१४ तथा दिवाभोज " कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ l
 
राजधानी सउलको दोङदेमुनस्थित पुजा २ रेष्टुरेन्टमा दिउसो ३ बजे देखि सुरु भएको  तोरन्ल्ह कार्यक्रमलाइ ३ चरणमा विभाजित गरिएको थियो l प्रमुख अतिथी नेपाली राजदुतावासको उपनियोग प्रमुख राजाराम बर्तौलाले दिप प्रज्वलन गरी पहिलो चरणको औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए l प्रमुख अतिथी राजाराम बर्तौलाले नेपालमा रहेका बिभिन्न जातिहरुको पहिचान ,कला ,संस्कृति  अन्य देशको भन्दा पृथक तथा महत्व भएकोले तिनिहरुको संरक्षण गर्नु हामी सबै  नेपालीहरुको  कर्तब्य भएको आफ्नो मन्तब्य ब्यक्त गरे l थसेसका अध्यक्ष क्षेत्र थकालीको सभापतित्वमा भएको सो औपचारिक कार्यक्रमको मन्तब्यको क्रममा  बिशेष अतिथिहरु कोरियाको नेपाली राजदुत पत्नी ईन्द्र माया तामाङ,श्रम सहचारी अनिल गुरुङ, नेपाल आदिबासी जनजाती महासँघको अध्यक्ष भक्त शेरचन,नेपाल संपर्क समितिको अध्यक्ष लोचन राइ, एनआरएनका अध्यक्ष बिनोद कुँवर ,पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष अशोक मैनालीले तथा अतिथिहरु  जुनू गुरुङ,शालिकग्राम बसेलले पनि आ-आफ्नो धारणा तथा शुभकामनाहरु ब्यक्त गरे l

तत्पश्चात थकाली परम्परा अनुसार थसेसका कुल प्रसाद जुहारचन तथा आदिबासी जनजाति महासंघका अध्यक्ष भक्त शेरचनद्वारा स्वर्गिय पितृहरुको सम्झनामा  पुजापाठ गरेका थिए भने अध्यक्ष क्षेत्र थकालीले तारा खेलको उद्घाटन गरेका थिए l प्रमुख अतिथि राजाराम बर्तौला लगायत अन्य बिशेष अतिथिहरुले  धनुषबाण प्रहार गरि थकालीहरुको परम्परागत तारा खेल खेलेका थिए l विभिन्न संस्थाका प्रतिनिधि ,पत्रकार तथा बाक्लो नेपालीहरुको सहभागिता रहेको सो कार्यक्रमको संचालन भरत तुलाचन ,स्वागत मन्तब्य मल्लिका थकाली तथा सभा बिसर्जन  थसेसका  अध्यक्ष क्षेत्र थकालीले गरेका थिए l

दोश्रो चरणको मनोरन्जनात्मक कार्यक्रममा थकाली पहिचान झल्किने थकाली तथा नेपाली भाषाको गितहरुमा थकाली महिलाहरुले एकल तथा  सामुहिक न्रित्यहरु प्रस्तुत गरेका थिए भने तेस्रो चरणमा दिवाभोजको कार्यक्रम रहेको थियो l   दिवाभोज कार्यक्रममा विभिन्न किसिमका स्वादिस्ट थकाली तथा  नेपालीहरु खानाहरुको पनि व्यवस्था गरिएको थियो l

No comments:

Post a Comment