Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, March 12, 2014

तमूधिँ कोरियाको सम्मान कार्यक्रम सम्पन्न

मञ्जु गुरुङ ,दक्षिण कोरिया -
तमूूधिँ कोरियाले आइतबार कोरियाको राजधानी सउलको सिन्सलदोङ स्थित आफ्नै  कार्यलयमा बृहत भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एचारडीले आयोजना गरेको कोेरियामा श्रमिकको अनुभव बारे लिखित प्रतियोगितामा सर्वोत्कृष्ठ भएका टंक गुरुङलाई विषेश सम्मान गरेको छ । १५ देश मध्ये प्रथम बनेका गुरुङलाई प्रमुख अतिथि कोरिया स्थित नेपाल राजदूतबासका श्रम सहचारी अनिल गुरुङले खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । एचआरडीले गुरुङका परिवारलाई नेपालबाट कोरिया झिकाई पाँच दिन विभिन्न स्थानमा भ्रमण गराएका थिए भने नेपाल राजदूतबासले पनि सम्मान गरेको थियो ।
कार्यक्रममा कोषाध्याक्ष एक बहादुर गुुरुङले तमूधिँको आर्थिक विवरण प्रस्तुत गर्दै २०७० को ल्होसार कार्यक्रममा विभिन्न सहयोगबाट जम्मा ८८ लाख ५३ हजार १ सय कोरियन वन प्राप्त भएकोमध्ये ३४ लाख ५२ हजार १ सय वन खर्च कटाएर ५४ लाख १ हजार वान बचत रहेको जानकारी गराउनुभयो । त्यस्तै सोही बचतबाट तमूधिँद्वारा नेपालमा निमार्णधिन रहेको शब दाहन गृहको लागि ४ लाख नेपाली रुपैया नेपाल पठाइसकेको पनि जानकारी गराउनुभयो ।
तमूधिँका अध्यक्ष सुरज गुुरुङको सभाअध्यक्ष रहेको कार्यक्रममा प्रमुख अतिथि सहचारी गुरुङले एकता नै बल हो भन्दै तमूहरु सदैब एक भएर अघि बढ्न सुझाव दिनु भयो । महासचिव प्रितम गुरुङद्वारा संचालित कार्यक्रममा बौद्घ परिवारका अध्यक्ष इश्वर गुरुङ, महिलाका लागि महिलाका अध्यक्ष जुनु गुरुङ र कास्की परिवारका सचिब खोम गुरुङ लगायत अन्य बक्ताहरुले विगतमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै सबै तमूहरुलाई समेटेर अघिबढ्नु पर्ने सुझाब दिनुभयो । खान पिन सहित आयोजित कार्यक्रममा  गत ल्होसार कार्यक्रममा सहयोग गर्ने विभिन्न तमू व्यवसायीहरु र कलाकार तथा व्यवस्थापनका सहयोगीहरुलाई कदरपत्र सहित  सम्मान गर्यो ।

No comments:

Post a Comment