सुरज गुरुङ -सउल, दक्षिण कोरिया |
लमजुङ परिवार दक्षिण कोरियामा रहेका लमजुङ बासीहरुको संगठन लमजुङ परिवार दक्षिण कोरियाले लमजुङको तार्कु घाट स्थित सर्वोदय जेस्ठ नागरिक आश्रम र आदर्श महिला तथा बाल बिकास केन्द्र बेशी शहरलाई आर्थिक सहयोग गरेको छ । लमजुङ परिवार दक्षिण कोरियाले कोरियन पर्ब सलनालको शुभ अवसर पारी २०१४ जवारी ३१ मा आयोजना गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रम गरि संकलन गरेको रकम मध्ये आश्रमलाई १ लाख रुपैया र बाल गृहलाई ५० हजार रुपैया नगद प्रदान गरिएको छ ।
उक्त रकम सामुदायिक रेडियो मर्स्यान्ग्दी ९५ मेगाहर्ज को एक समारोह बीच संस्थाका पूर्ब अध्यक्ष ईन्द्र ब. गुरुङ र रेडियो मर्स्याङदिकी स्टेशन म्यानेजर प्रेम कुमारी घलेले संयुक्त रुपमा आश्रमका उपाध्यक्ष कृष्ण राज ओलिया र बाल गृहका सचिब एवं व्यावस्थापक हुमा गुरुङ कोषाध्यक्ष धनु देबि पियालाई हस्तान्तरण गर्नु भएको थियो । असाहय बृधा र बाल बालिकाको लागि जिल्लाकै समाज सेवीहरुले गरेको काममा थप टेवा पुरयाउने उद्वेस्यले सहयोग गरेको लम्जुङ परिवार कोरियाको अध्यक्ष रुप प्रसाद गुरुङले बताउनु भएको छ । उक्त अवसरमा आश्रमका उपाध्यक्ष कृष्ण राज ओलिया र बाल गृहका संस्थापक हुमा गुरुङले बिदेशमा पसिना बगाएर नेपालका असाहय बृधा अनाथ बालबालिकाहरुका लागि सहयोग पुरयाउनु भएकोमा लमजुङ परिवार दक्षिण कोरिया प्रति धन्यवाद गर्नुभयको थियो। हाल आश्रममा १० जना बृध बृधा आश्रित छन भने बालगृहमा २२ जना बाबालिकाहरु रहेका छन । सो अबसरमा लमजुङ परिवार कोरियाका पूर्व अध्यक्ष ईन्द्र बहादुर गुरुङले कोरियामा रोजगारीको शिलशिलामा पुगेकाहरुको उद्वारको लागि खोलिएको संस्थाले निरन्तर रुपमा सामाजिक कामका लागि पनि काम गरेको बताउनु भयो।

No comments:
Post a Comment