Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, March 25, 2014

हेटौंडा–काठमाण्डौं सुरुङमार्गमा लगानी गर्न कोरियाबासि नेपालीहरुमा आव्ह्वान

रमेश खावाजु ,दक्षिण कोरिया -
दक्षिण कोरियामा हेटौंडा–काठमाण्डौं सुरुङमार्गको संस्थापक शेयर वितरण आवेदनको ब्यबस्थापन गरिरहेका लिंक एसिया कम्पनी लिमिटेडले कोरियाबासी नेपालीहरुलाइ यस परियोजनामा लगानी गर्न आव्ह्वान गरेको छ l.
सन् २०१६ डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित  नेपाल पूर्वाधार विकास कम्पनीले साढे चार किलोमिटर सुरुङ सहित ५८ किलोमिटर लामो चार लेनको बाटो २०१३ नोभेम्बर ११ तारिकमा बनाउन शुरू गरेको छ l कुशकुमार जोशी अध्यक्ष रहेको नेपाल पूर्वाधार विकास कम्पनीको यो  परियोजना निर्माण पछि ३० बर्ष संचालन गर्ने ,यहाँ गुड्ने गाडीहरुमा भ्याट सहित शुल्क तथा हरेक बर्ष शुल्क बृदि गर्दै जान पाउने सम्झौता नेपाल सरकार सित गरेको  छ l  काठमाडौँबाट हेटौडा जान त्रिभुवनराजपथबाट १ सय ३३ किमी तथा पृथ्वीराजमार्गबाट २२६ किमि लाग्नुको सट्टा यो द्रुत मार्ग संचालनपछि करिब १ घण्टामा हेटौडा पुग्न सकिनेछ l सुरुङ मार्ग बनेमा काठमाडौंबासीले धेरै सस्तोमा सामग्री मात्र पाउने छैनन्, एक अध्ययनअनुसार वार्षिक १५ अर्बको इन्धनको पनि बचत हुनेछ l वीरगञ्ज–रक्सोलबाट ढुवानी हुने करोडौं लिटर पेट्रोलियम पदार्थ सस्तो रकममा काठमाडौं भित्रिएपछि दिनहुँजसो बढ्ने इन्धनको भाउमा पनि केही राहत मिल्नेछ भने महँगी पनि केही कम हुने र देशैभरका नागरिकलाई राजधानी आउन निकै नै सहज हुनेछ । काठमाडौंलाई तराईसँग नजिक बनाउने यो करिब ३५ अर्ब रुपैंया लगानीको  द्रुत मार्गको निर्माणपछि मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा  ठूलो फड्को मार्ने नेपालका अर्थविदहरुले अनुमान गरिएको छ l यस हेटौंडा–काठमाण्डौं सुरुङमार्गमा नेपाल उद्योग वाणिज्य महासंघ, गैर आवासीय नेपाली संघ (एनआरएन), नेपाल निर्माण व्यवसायी संघ र स्थानीय जनताहरुको लगानी रहेको छ l
दक्षिण कोरियामा सुवनस्थित लिंक एसिया कम्पनी लिमिटेडले हेटौंडा–काठमाण्डौं सुरुङमार्गको संस्थापक शेयर वितरण आवेदनको ब्यबस्थापन गरिरहेको छ l सो कम्पनीले संस्थापक  शेयर आवेदन  फर्म वितरणलाइ सहज बनाउन अब चाडै  नै कोरियाको विभिन्न स्थानहरुमा सेमिनारको तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्न लागेको छ । संस्थापक शेयर लगानीको  आवेदन दिंदा कम्तिमा रु.१ लाख बराबरको १ हजार कित्ता (१ कित्ता बराबर रु.१००) वा बढीमा आफ्नो इच्छाअनुसार आवेदन  दिन सकिनेछ l  कोरियाको विभिन्न स्थानहरुमा सामुहिक रुपमा नेपालीहरु  भेला भएर सम्पर्क गरेमा सोही स्थानमा आएर यस सम्बन्धि थप जानकारीका साथै आवेदन समेत बुझिलिने व्यवस्था मिलाइने लिंक एसिया क.लिका प्रबन्ध निर्देशक आरपि  देवकोटाले बताए l उहालें देशको मुहार फेर्न सक्ने  तथा आफ्नो भविष्यमा आकर्षक प्रतिफल प्राप्त गर्न सक्ने यो परियोजनामा लगानी गर्न  इच्छुक कोरियाबासी नेपालीहरुमा आग्रह गर्नु भएको छ l

थप जानकारीको लागि :

शेयर दरखास्त दिने अन्ति मितिः अप्रिल ३०, २०१४

आवश्यक कागजातहरु 
१. नागरिकताको फोटो कपि  १ प्रति
२. पासपोर्टको फोटोकपि       १ प्रति
३ . पासपोर्ट साइजको  फोटो  १ प्रति

सम्पर्क 
लिंक एसिया कं. लि., सुवन स्टेशन
प्रवन्ध निर्देशक–आरपि देवकोटा
सम्पर्क नम्बरः ०१०–५८७७–५५१२(मोबाइल)
फोन नं.०३१–२४१–०९२०, ०७०–८८१८–१४१४
हेटौंडा–काठमाण्डौं सुरुङमार्गको नमुना चित्र  





No comments:

Post a Comment