मञ्जु गुरुङ ,दक्षिण कोरिया
कोरियामा रहेका विभिन्न आदिवसी जनजाती संघसंस्थावीच सांस्कृतिक तथा विविध गतिविधीमा समुन्वयत्मकरुपमा कार्य गर्ने निर्णय गर्दै आदिवासी जनजाति महासंघले वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सउलको नेपाल हाउसमा सम्पन्न अन्तरक्रियामा हरेक छुसकमा एउटा जातिय संस्थालाई सांस्कृतिक कार्यक्रम आयोजना गर्न पाउने गरी नेपाली सम्पर्क समिती एनसिसिमा लिखित सहमति गर्न निवेदन गर्ने निणर्य समेत ग¥यो । त्यस्तै हरेक जातिय संस्थाले मनाउने पर्वमा जातिय संस्थाबाट ५१ हजार लिदै आएकोमा अब ३१ हजार वान मात्र लिने निर्णय पनि ग¥यो । गैर आवसिय नेपाली संघ एनआरएन, एनसिसिलगायत , राजनितीक भातृ संगठन तथा अन्य क्षेत्रिय संस्थाहरुमा आदिवासी जनजातिको पनि समावेसी सहभागिताको लागि पहल गर्ने बारे पनि छलफल गरियो ।
त्यस्तै आगामी अप्रिल २६ तारीख कोरियामा मनाउने बुद्ध जयन्ती तथा लोटस फेष्टिभलमा नेपाल बौद्ध परिवारको संयोजकत्वमा आआप्mनो मौलिक पहिरणमा सजिएर वृहत सहभागिता जनाउन सम्पूर्ण जातिय संस्थालाई आग्रह समेत गरियो । महासंघको भातृ संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका संयोजक मञ्जु गुरुङले आदिवासी जनजातिको हकअधिकार र सांस्कृतिक पहिचानलाई संचारमाध्यम मार्फत प्रस्तुत गर्न वेभसाइड न्यूजको तयारी भएको जानकारी गराउनु भयो । साथै निकट भविष्यमै फोनिजको अधिवेशन गरी कार्यसमिती चयन गरिने समेत जानकारी गराउनु भयो । त्यस्तै कार्यक्रममा उपस्थित कोरिया भ्रमणमा आउनुभएका लूम्विनी विकास कोषका सम्पर्क अधिकृत ज्ञानिन राईले विश्वको कुनै पनि उच्च तहमा बुद्ध नेपालमा जन्मेकोमा कुनै दुविधा नभएको स्पष्ट पार्दै यो भ्रम विस्तारै हट्दै जाने बताउनु भयो । साथै लुुम्विनी क्षेत्रको विकासमा गैर बुद्धिष्टको बढी योगदान रहेको मूल्यकन गर्दै लुम्विनीलाई विश्व शन्ति शहरको रुपमा विकास गर्न कोरिया सरकारले काम शुरु गरेको समेत जानकारी गराउनु भयो ।
अन्तरक्रियामा महासंघमा आवद्ध नेपाल मगर संघ, तामाङ संघ , छन्त्याल संघ, तमू धिँ, नेवा पुच., किरात राई यायोख्या, याक्थुम चुम्लुङ र थकाली समज आठै संघ संस्थाका प्रतिनिधीहरु सहभागि थिए । महासंघका अध्यक्ष भक्त शेरचनको सभाअध्यक्षमा सम्पन्न कार्यक्रममा एनआरएन एसिया क्षेत्रिय संयोजक गंगाराजज राई , एनसिसिका अध्यक्ष लोचन राई, नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङको आतिथ्य रहेको थियो । महासचिव यम श्री मगरद्धारा संचालित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नन्द काम्वाङले मन्तव्यबाट स्वागत गर्नुुभएको थियो । अन्तरक्रियामा दक्षिण कोरियामा सक्रिय जातिय संघ संस्थाहरु आपसमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जाहेर गरे ।

No comments:
Post a Comment